कैलालीको डुबानग्रस्त क्षेत्रमा पानीको सतह घट्दै

धनगढी – ६ दिनदेखिको निरन्तर वर्षा मंगलबार रोकिएसँगै कैलालीको डुबानग्रस्त क्षेत्रमा पानीको सतह घट्दै गएको छ । जलमग्न धनगढी बजारको पानी घटेर आउजाउ सहज भएको छ । बजार खुलेको छ ।

maya metro hospital

कैलालीको पूर्वी टीकापुर क्षेत्रमा कर्णालीको भँगालोबाट पसेको पानी रोकिएको छ । भजनी क्षेत्रमा डुबानमा परेका क्षेत्रमा पनि पानी घट्दै गएको छ ।

पूर्वी टीकापुरको साइनपुर र जानकी गाउँपालिकाको पाथभारा, खैरौलाबाट कर्णालीको भँगालोबाट बाढी बस्तीभित्र पसेको थियो । उक्त ठाउँबाट कर्णालीको पानीले क्षति बढी नपुगोस् भनेर जेसेवीलगायतका साधनको प्रयोग गरेर अस्थायी रोकथामको काम भएको छ । वर्षा रोकिएसँगै त्यस क्षेत्रबाट बाढी पस्न रोकिएको छ ।

attariya hospital

भजनी नगरपालिका मेयर केवुल चौधरीले अविरल वर्षा रोकिएसंँगै स्थानीय थप बिस्थापित हुनबाट र विनाशबाट बचेको महसुस गरिरहेको बताए ।

‘अहिले वर्षा रोएिको छ, वर्षा रोकिए सँगै स्थानीय नदीमा आएको बाढी पनि घटेको छ,’ उनले भने, ‘अहिल्यै सडक र विद्यालयमा सरेका परिवार भने घर फर्किसकेका छैनन् ।’ उनका अनुसार भजनीका नौवटै वडाका करिब ५ सय परिवार घर छोडेर हुलाकी सडक, स्थानीय सामुदायिक वनको छेउमा, केही परिवार विद्यालयमा सर्न पुगेका थिए ।

मेयर चौधरीले पल्टुपुरको विद्यालयमा ६४ परिवार सरेका छन् । वडा नम्बर २ मोहनपुर वडा नम्बर ६ को थापापुर, वडा नम्बर ८ को कृष्णपुर, खैरा गौचौर, सुना फाटा आदि बस्तीमा पुनः बाढी पसेर घर परिवार विस्थापित भई हुलाकी सडकमा बसेको बताए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.