बझाङ – बझाङ कारागारका कैदीबन्दीलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरले दसैं मनाउन खसी दिएका छन् ।
मंगलबार महरले पत्रकार र प्रहरीको उपस्थितिमा बझाङ कारागारमा रहेका ७२ जना कैदीबन्दीलाई खसी हस्तान्तरण गरेका थिए । महरले कैदीबन्दीलाई दसैंको शुभकामना पनि दिएका छन्।