खाेज्नुहाेस

बझाङमा सामाजिक विकास कार्यालयको भौतिक प्रगति ९८ प्रतिशत

Image

बझाङ – बझाङमा सामाजिक विकास कार्यालयको भौतिक प्रगति ९८ प्रतिशत भएको एक तथ्याङ्कले देखाएको छ । कार्यालयले सार्वजनिक गरेको अघिल्लो वर्षको समीक्षा तथा आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रम तथा बजेट सम्बन्धी अभिमुखीकरण कार्यक्रममा भौतिक प्रगति ९८ दशमलव शुन्य चार प्रतिशत भएको जनाएको हो ।

तथ्याङ्कानुसार कार्यालयको पूँजीगत खर्चअन्तर्गत भौतिक प्रगति ९६ दशमलव ८५ प्रतिशत भएको छ भने चालुतर्फ ९५ दशमलव ३३ प्रतिशत खर्च भएको छ । राष्ट्रिय युवा परिचालन र विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत भने लक्ष्यअनुसार नै प्रगति भएको तथ्याङ्कले देखाएको छ ।
सामाजिक विकास कार्यालयले चालू आर्थिक वर्षमा रु १८ करोड २१ लाख खर्च गर्ने भएको छ । बुङ्गल नगरपालिका प्रमुख जयबहादुर धामीले जिल्लामा सामाजिक विकास कार्यालयले राम्रो काम गरे पनि मन्त्रालयले भने व्यक्तिलाई योजना दिएको आरोप लगाए ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

उनले भने ‘योजना व्यक्तिका घरघरमा पनि पुगेका छन्, तर न जिल्लालाई जानकारी छ, न स्थानीय पालिकालाई, यसले गर्दा विकास होइन बजेट दोहन हुने मन्त्रालयको सूचीमा पर्छ सामाजिक विकास मन्त्रालय ।’

जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले पनि पक्रियागत रूपमा बजेट नदिएर व्यक्ति तथा समूहलाई दिनु कनुनी राज्यको उपहास भएको बताए ।

जिल्ला समन्वय समिति संयोजक नरबहादुर बोहराको अध्यक्षतामा सुरू भएको कार्यक्रममा सामाजिक विकास कार्यालय प्रमुख वीरबहादुर धामीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

रासस