अत्तरियामा अवैध संरचना हटाउन फुटपातको क्षेत्र नाप्ने कार्य गरियो

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले फुटपातमा बनेका संरचना हटाउन फुटपातको क्षेत्र नाप्ने काम गरेको छ । सडकको बिच भाग देखी दुवैतर्फ २५/२५ मिटर भित्र रहेका संरचनाहरु हटाउने भन्दै नगरपालिकाले नाप्ने कार्य गरेको हो ।

maya metro hospital

यसअघि नगरपालिकाले सडकपेटी तथा फुटपातमा बनेका संरचना हटाउने भन्दै एक हप्ता सुचना जारी गरेको थियो । उक्त सुचनाको अवधी सकिएपछि आज सडक र फुटपाटको क्षेत्र नाप्ने काम भएको र भोली देखी संरचनाहरु भत्काउने कार्य थालिने नगरपालिकाले जनाएको छ ।

attariya hospital

सडक, पेटी मा राखिएका ठेला छाप्रा र फुटपातमा बनेका अवैध संरचनाहरुका कारण बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ भने बजार पनि कुरुप बनेको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.