बझाङबाट ऐन महर सहित ३ जनाको नाम सिफारिस

बझाङ – नेकपा एमालेका युवा नेता ऐन महर आफ्नै निर्वाचन क्षेत्रमा सर्वसम्मत सिफारिस हुन सकेनन् । बझाङबाट प्रतिनिधिसभा सदस्यका लागि महर सहित ३ जनाको नाम पार्टीले सिफारिस गरेको हो ।

maya metro hospital

एमाले बझाङले महरसहित जिल्ला कमिटी सदस्य महेश भट्टराई र जुना जाग्रीको नाम पनि सिफारिस गरेको छ । जिल्ला कमिटीको अभिमतको आधारमा उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरेकोे पार्टीका जिल्ला सचिव आनन्दलाल विश्वकर्माले बताए । महरले भने एकल सिफारिस नभए पनि प्रतिनिधी सभामा चुनाव लड्ने आफू नै भएको बताएका छन ।

joshi vada pasal 2

समानुपातिकतर्फ जिल्ला सचिव विश्वकर्मा लगायत ११ जनाको नाम सिफारिस गरिएको छ । जसमा आनन्दलाल विश्वकर्मा, अर्जुन थापा, जनकराज जोशी, राधा कुमारी विष्ट, भागरथी अवस्थी (जोशी), धनलक्ष्मी खत्री, सरिता कुमारी भण्डारी (खड्का), शंकर रसाइली, धर्मराज बोहरा, विजयराज श्रेष्ठ र डा.चेतराज जोशीको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.