रहेन गौराको रौनक

सुदूरपश्चिम प्रदेशमा गौरालाई विशेष पर्वका रुपमा लिईन्छ । भाद्र कृष्णषष्ठी देखि अष्टमीस दुई दिनसम्म मनाईने यो पर्व सुदूरपश्चिम सहित भारतको कुमाउँमा परापूर्व कालदेखि नै प्रचलित छ ।

maya metro hospital

सुदूरपश्चिमका मुख्य गरी डोटीमा परापुर्व कालदेखि नै मनाईने आएको गौरापर्वमा देउडा गितको आफ्नै महत्व हुन्छ । गौरामा खेलिने देउडाले सुदूरपश्चिमलाई देशभरी नै चिनाएको छ । परम्परागत रुपमा मनाईने गौरामा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख, सुख बाँड्नुका साथै माया, प्रेमका कुराहरु गर्ने परिपाटी छ । गौरापर्वको पहिलो दिन पर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् ।

उक्त विरुडालाई पुजामा अक्षता र प्रसादको रुपमा महिलाहरुले प्रयोग गर्ने गर्छन । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथ गौरालाई गौराघरमा भित्रयाइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजाआजा गर्ने गरिन्छ । सोही समयमा महिलाहरु र पुरुषहरुका छुट्टाछुट्टै देउडा खेलहरु सुरु हुन्थे । खेलमा माया पिरतीका कुराहरु गरिन्थे भने वर्षभरीका पिरमर्काहरु पनि देउडाका गितहरुमा समावेश गरिएका हुन्थे ।

attariya hospital

गौरा विसर्जन नगरिएसम्म गौराघरमा स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर पुरुष तथा महिलाहरू आनन्द चलन छ । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । गौराले सुदूरपश्चिमको संस्कृति जगेर्ना गर्न मद्दत गरेको छ । यहाँका कला, संस्कृतिहरुको संरक्षण र संर्वद्धनका लागी गौरा पर्वमा देशभर सार्वजनिक विदा दिने प्रचलन छ ।

गौरा पर्वको दुई दिन मानिसहरुको चहलपहल र रौनक बेग्लै हुन्थ्यो । तर पछिल्लो समय गौरा पर्वको रौनक हराउदै गएको छ । आधुनिक युगको सुरुवात सँगै मानिसहरुले परम्परागत रुपमा चलिआएका कला र संस्कृतिहरुलाई बिर्सदै गएका छन । विगतमा गौरामा हुने रौनक अहिले देखिदैन ।

कोरोना महामारी अगाडीका केही वर्ष सम्म कैलालीको अत्तरियामा पनि विभिन्न ठाउँमा गौराको अवसरमा देउडा तथा धमारी लगायतका खेलहरु खेलिन्थे । तर अहिले त्यो अवस्था छैन, अत्तरियाको बनखेतमा रहेको शिवमन्दिरमा पनि केही समय अगाडीसम्म महिला पुरुषहरु जम्मा भएर गौराका अवसरमा देउडा खेल्थे, धमारी खेल्थे, चैते गितहरु समेत गाईन्थे ।

तर यो वर्ष गौरा आएको महसुस नै भएन । मानिसहरुले बिदा देखेर गौरा आएको जानकारी पाए । यो वर्ष गोदावरी नगरपालिका – ३ चौकिँडाडामा केही समुदायले गौरा मनाए पनि अन्य ठाउँमा गौराको चहलपहल देखिएन । सुदूरपश्चिमको संस्कृति झल्काउने गौराले हामीलाई सुदूरपश्चिमेली भएको आभास दिलाएको छ । त्यसैले यसको संरक्षण र संर्वद्धन गरौ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.