कैलाली ५ बाट नारदमुनी राना सिफारिस

धनगढी – नेकपा एमालेबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा निर्वाचनका लागि नारदमुनी राना उम्मेदवारका लागि सिफारिस भएका छन् । आइतबार बसेको एमाले प्रदेश निर्वाचन समन्वय कमिटीको बैठकले क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा र प्रदेश सभाका आकांक्षी उम्मेदवार सिफारिस गरेको जनाइएको छ ।

maya metro hospital

जसमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फका लागि क्षेत्र नम्बर ५ मा रानाको नाम एकल सिफारिस गरिएको हो ।

राना यसअघि २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन् । उनी प्रधानमन्त्री पत्नी नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.