सुदूरपश्चिम प्रदेशसभा : यस्ता छन ५ बर्षे उपलब्धि

धनगढी – सूदूरपश्चिम प्रदेशसभाको ५ वर्षे कार्यकालको दसौं अधिवेशन ६७ वटा विधेयक पारित गर्दै शुक्रबार समापन भएको छ । बिहीबारको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको १० औं अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेशसभाले पाँच वर्षको अवधिमा ६७ वटा विधेयक पारित गरेको छ । अन्तिम दिन शुक्रबार प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएको हो ।

maya metro hospital

बैठकको समापनपछि प्रदेशसभाको प्रांगणमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । पाँच वर्ष अवधिमा सुदूरपश्चिम प्रदेशसभाबाट एउटा आंशिकसहित पाँच वटा वार्षिक बजेट पारित गरेको थियो ।

देश संघीय संरचनामा गइसकेपछि गठित पहिलो प्रदेशसभाको प्रदेश सांसदहरूले आफ्ना समीक्षा तथा भोगाइहरू व्यक्त गरेका छन । कांग्रेसका सांसद भरतबहादुर खड्काले संघीयता भनेको प्रदेशसभा हो भन्ने अनुभूति गराएको बताए । तर, सरकार र सदनले लानुपर्ने जति गति लिन नसकेको उनको अनुभव छ । ‘प्रदेशसभा र प्रदेश सरकारलाई जनभावनाअनुरूप चलाउनु पर्ने हो । मुख्यमन्त्रीले प्रदेशसभालाई महत्त्व नै दिएनन्,’ उनले भने ‘मन खोलेर बोल्नै पाइएन । समग्रमा हुनुपर्ने जति उपलब्धि प्राप्त हुन नसकेको मेरो भोगाइ र बुझाइ छ ।’

attariya hospital

माओवादी केन्द्रका सांसद महेशदत्त जोशीले प्रदेशसभाको पहिलो कार्यकाललाई सफल मान्न सकिने बताए । ‘शून्यबाट सुरु गरेर ६७ वटा कानुन बनाउने चानचुने कुरा हैन,’ उनले भने, ‘जग बसाल्यौं । कतिपय ऐन लागू भइसके कतिपय कार्यान्वयन चरणमा छन ।’ सौहार्दपूर्ण वातावरण रहेको उनको भनाइ छ ।

एकीकृत समाजवादीकी सांसद पूर्णा जोशीले प्रदेशसभा आफ्नो अनुभवका लागि विश्वविद्यालय सरह भएको बताइन । ‘प्रदेशसभालाई प्राविधिक ढंगले मात्रै लियौं । नयाँ गर्न खोजेनौं,’ उनले भनिन्, ‘समग्रमा संघर्षपूर्ण, कठिन र व्यक्तित्व निर्माण गर्ने अवसर प्रदेशसभा भयो । उल्लेख्य संख्यामा कानुन बनाउने कामहरू भए ।’

एमाले सांसद बलदेव रेग्मीले नयाँ व्यवस्था तथा नयाँ संरचनाको सुरुआत भएकाले धेरै सिकाइ रहेको बताए । संघ र स्थानीय तहबीच पुलको रूपमा प्रदेशसभाले काम गरेको उनको भनाइ थियो । ‘हुनुपर्ने जति नभए पनि प्रदेशसभाका कामहरूप्रति धेरै असन्तुष्टि छैन,’ उनले भने ।
नागरिक अगुवाहरूले मिश्रित धारणा व्यक्त गरेका छन । कैलालीका नागरिक अगुवा खडकराज जोशीको नजरमा प्रदेशसभाको सुरुआती कार्यकाल भएकाले शून्यबाट सुरु भएर क्रियाशील हुनुपरेकाले होला, जनअपेक्षित कामहरू हुन सकेनन ।

प्रदेश सभाले जसोतसो आफ्नो ५ बर्षे कार्यकाल पुरा गरेपनि जतस्तरमा भने प्रदेश संरचनाको व्यापक आलोचना हुदै आएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.