खैरानामा एक साता सम्म गौरा मेला संचालन गरिदैं

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ खैरानामा एक साता सम्म गौरा मेला संचालन गरिदै छ । सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा पर्वको अवसरमा शिवगौरा मन्दिरमा ‘गौरा खेल’ तथा ‘देउडा’ प्रतियोगिता आयोजना गरी एक साता सम्म मनाउन लागिएको हो ।

maya metro hospital

गौरा मेला आयोजनाका लागि स्थानीयको सहभागितामा गौरा मेला व्यवस्थापन समिति गठन गरिएको छ । उक्त समिति मार्फत आज देखि भदौ २४ गते सम्म बिभिन्न गौरा बिशेष कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष गंगाराम अवस्थीले बताएका छन ।

उक्त गौरा मेलामा सुदूरपश्चिमका बिभिन्न चर्चित कलाकारहरुलाई पनि सहभागि गराईने जनाइएको छ । समितिले मेला अवधिभर खैराना क्षेत्रमा मादक पदार्थ, लागु पदार्थ, जुवातास खेल्न र खेलाउन समेत निषेध गरेको स्थानीय बाम देव अवस्थीले बताए । उनले मेला व्यवस्थापनका लागि स्थानीय सामाजसेवी सुरत रावलले सहयोग गरेको बताए ।

attariya hospital

आज गौराको मुख्य दिन (अठ्यवाली) भएपनि सुदूरपश्चिमका बिभिन्न स्थानमा गौराको दोस्रो दिन देखि गौरा मेलाको आयोजना गरिदै आएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.