प्रदेश सरकार जिम्मेवार बन्न जरुरी

मुख्यतया सुदूरपश्चिममा मनाईने गौरा पर्व यसपटक शनिबार परेको छ । यो पर्वका अवसरमा केन्द्रिय सरकारले नै पर्वको दिन सार्वजनिक विदा दिने गर्दछ । गौरा पर्व यसपटक शनिबार परेकाले केन्द्रिय सरकारले बिदा दिन परेन, स्वतः विदा भैहाल्यो ।

maya metro hospital

तर सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वको अवसरमा थप एक दिन बिदा दियो । प्रदेश सभाको दशौं अधिवेशनमा प्रदेश सरकारले प्रदेशका मुख्य मुख्य पर्वहरुमा बिदा दिने निर्णय पारित गरेको थियो । प्रदेश सरकारले यही वैशाख १ गते प्रदेशको राजपत्रमै भदौ १ गते ओल्को पर्वको अवसरमा बिदा दिने तथा भदौ १७ गते गौरा पर्व र माघ २ गते माघी पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने उल्लेख गरेको छ ।

तर प्रदेश सभामा प्रक्रियामा रहेका विधेयकलाई हतारमा पारित गराउन र अधिवेशन अन्त्य गर्न राजपत्रमा उल्लेख गरीएका बिदाहरु त्यसपछि भने प्रदेश सरकारले कटौती गर्न थाल्यो । राजपत्रमा उल्लेख गरेअनुसार गौरा पर्वको अवसरमा १७ गते थप गरिएको बिदा प्रदेश सरकारले झिकेको सुचना जारी ग¥यो ।

attariya hospital

सुचनामा प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७९/२/१० गतेको निर्णय अनुसार दिइएको बिदा झिकिएको जनाईएको छ । गौरा पर्वको अवसरमा दिईएको बिदा कटौती भएपछि स्थानीयहरुले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखे । सामाजिक सञ्जालमा प्रदेश सरकारको निर्णय ठिक भएको भन्दै स्थानीयहरुले प्रदेश सरकारको खोईरो नै खने ।

स्थानीयहरुको विरोधपछि पुनः प्रदेश सरकारले गौरा पर्वको अवसरमा यही भदौ १७ गते बिदा दिने निर्णय ग¥यो र बिदा दियो । प्रदेश सरकारले बिहिबार एक सुचना जारी गर्दै प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७९/५/१६ गते बसेको बैठकले गौरा पर्वको अवसरमा थप एक दिन विदा दिने निर्णय गरेको जानकारी दियो ।

१७ गते बिदा त भयो, तर प्रदेश सरकारको रवैया र हर्कत ले आम जनमानसमा नैराश्यता पैदा ग¥यो । प्रदेशको नेतृत्व तहमा पुगेका व्यक्तिहरुको निर्णय लिने क्षमता र हतारोको निर्णयले नागरिकमा प्रदेश सरकार प्रति वितृष्णा जागेको छ । बिदा दिने निर्णय गरेर त्यसलाई कटौती गर्नु सामान्य नै मानेपनि कटौती गरिएको बिदा फेरी दिने भन्दै सुचना जारी गरेर बिदा दिँदा जिम्मेवार तहमा बसेको व्यक्तिप्रतिको नागरिकको मनोभाव कमजोर बन्दै जान्छ ।

नागरिकले त्यस्तो सरकारबाट सकारात्मक कार्यको अपेक्षा पनि गर्न सक्दैन । यस्तो बचकाना हर्कत गर्दा प्रदेश सरकारको अस्तित्व नै नरहने निश्चित छ । त्यसैले जिम्मेवार तहमा पुगेको व्यक्तिले जिम्मेवार बनी, क्षणिक भन्दा पनि भविष्यको सोचेर निर्णय लिनुपर्दछ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.