सुदूरपश्चिममा समाजवादीबाट एमाले प्रवेश गरेकालाई दिर्घ सोडारीले दिए मुसाको संज्ञा 

 

अत्तरिया – नेकपा एकीकृत समाजवादीका प्रदेश सहसचिव एवम् सुदूरपश्चिम प्रदेश सरकारका भैतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारीले भाद्र १५ गते एमाले प्रवेश गरेका नेताहरुलाई मुसाको संज्ञा दिएका छन । शुक्रबार एकीकृत समाजवादी निकट युवा संघले सुरु गरेको महाकाली मेची अभियान अन्तरगत अत्तरियामा आयोजित कोष सभालाई सम्बोधन गर्दै उनले सो संज्ञा दिएका हुन ।

maya metro hospital

उनले केपी ओलीले केही मुसा भित्र्याए पनि न्यायको पक्षमा, सत्यको पक्षमा लाग्ने कम्युनिष्ट पार्टीका सच्चा सिपाई भने समाजवादीमै रहेको बताए ।

‘हामीले रतग पसिनाले नेकपा एमाले बनाएका हौ । सुदूरपश्चिममा हामीले दुई तिहाईको सरकार स्थापित ग¥र्यौ । तर केपी ओलीको अहंकारले नेकपा विभाजन भयो । त्यसपछि एमालेमा पनि बिद्रोह गरेर अहिले हामी जनताका बिचमा आएका छौ । यस क्षेत्रमा हामीले सबैभन्दा ठूलो दल पनि बनायौ’ उनले भने ‘अहिले पनि नेकपा एमालेका नेता कार्यकर्ताहरुले झुटको खेती गरिरहेका छन ।  अस्ती मात्रै केपी ओली आएर केही मुसाहरुलाई उतापट्टि छिराए । अवसरवादी त्यता गएका छन । ति अवसरवादी र मुसाहरुलाई छोडीदिनुस ।’

attariya hospital

बुधबार महेन्द्रनगरमा आयोजित एक कार्यक्रमकाबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिमका पूर्व आर्थिक मामिला मन्त्री समेत रहेका प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष विक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्द, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई एमालेमा प्रवेश गराएका थिए ।

कोण सभामा बोल्दै मन्त्री सोडारीले अहिले प्रदेश सरकारले थुप्रै विकास निर्माणका काम गरेको बताए । ‘आज तपाई कोल्टी मार्तडी जानुस, खप्तड जानुस वा तपाई दार्चुला जानुस बैतडी जानुस, डडेल्धुरा जानुस, ठूलाठूला आयोजनाहरु हामीले अगाडी बढाएका छौ’ उनले भने ‘यो कैलालीमा मात्रै हामीले  सबै ठाउँमा बाटा घाटा पुगाएका छौ ।’

कोष सभालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रिय सदस्य हर्क सिहले नेपाली कम्युनिष्ट आन्दोलनमा लागेको धक्कालाई चिर्न युवाहरुको महत्तपूर्ण भूमिका हुने बताए ।

‘अहिले कम्युनिष्ट आन्दोलन माथि धक्का लागेकाले यसलाई चिर्न आवश्यक रहेको छ । यसका लागि युवाहरुको विशेष भूमिका हुनुपर्ने छ’ उनले भने ‘आमुल परिवर्तन र नेपाली जनताको पक्षमा अगाडी बढ्ने यो अभियान हो ।’ उनले एकीकृत समाजवादी पार्टीले प्रदेशबाट जनताको परिवर्तनको अभियानलाई आत्मसाथ गर्दै अगाडी बढ्ने बताए ।

युवा संघका केन्द्रिय अध्यक्ष नरेश शाहीले अभियानले नेपालमा भएका समग्र समस्याका विरुद्ध नेपाली युवालाई जागरण गर्ने उद्देश्यले आयोजना गरिएको बताए । उनले भने ‘यो अभियानको मुख्य नारा ‘खर्चिला उम्मेदवार बहिष्कार गरौँ, लोकतन्त्र सुदृढ गरौँ’, राखेका छौ । यो नाराले मंसिर ४ गते हुने चुनावलाई तार्गेट गरेको छ । चुनावमा पैसा हावी हुन नदिन यो अभियान सुरु गरेका छौ ।’

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.