युवा संघको महाकाली मेची अभियान अन्तरगत अत्तरियामा कोष सभा

अत्तरिया – नेकपा एकीकृत समाजवादी निकट युवा संघले सुरु गरेको महाकाली मेची अभियान अन्तरगत अत्तरियामा कोष सभाको आयोजना गरिएको छ । शुक्रबार महाकाली देखि सुरु भएको अभियान अन्तरगत अत्तरियामा कोण सभाको आयोजना गरेको हो ।

maya metro hospital

अत्तरियामा आयोजित कोष सभालाई नेकपा एकीकृत समाजवादीका प्रदेश सहसचिव एवम् सुदूरपश्चिम प्रदेश सरकारका भैतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारी, एकीकृत समाजवादीका केन्द्रिय सदस्य हर्क सिह लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

‘खर्चिला उम्मेदवार बहिष्कार गरौँ, लोकतन्त्र सुदृढ गरौँ’, कृषि उत्पादन बिक्रीको सुनिश्चितता गरौँ, देशलाई समृद्धिको बाटोमा अगाडि बढाऔँ, श्रमिकलाई सम्मान र श्रमप्रति गर्व गरौँ, रोजगारीको सिर्जना गर्दै युवा पलायनलाई रोकौँ, सार्वजनिक क्षेत्रको शिक्षा र स्वास्थ्यको गुणस्तरमा सुधार गरौँ, स्वदेशमै पढ्न पाउने व्यवस्था गरौँ’ जस्ता नारा सहित सुरु गरिएको अभियान भदौ २३ गते मेचीमा पुगेर समापन हुने जनाइएको छ ।

attariya hospital

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.