डोटीमा चुनावी गठबन्धन नगर्ने कांग्रेसको निर्णय

डोटी – डोटीमा नेपाली काँग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ । नेपाली काँग्रेस डोटीका सचिव गणेश खड्काले डोटीमा काँग्रेस एक्लैले चुनाव लड्ने निर्णय गरेको पुष्टि गरे ।

maya metro hospital

उनका अनुसार बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो। ‘गठबन्धनको कुनै आवश्यकता र औचित्य छैन’, उनले भने, ‘डोटीमा हामी एक्लै लड्छौं । आज बैठकले उम्मेदवार बन्न आकांक्षीहरू पनि सिफारिश गरेको छ ।’ केन्द्रीय गठबन्धनको निर्णयविपरीत डोटीमा एकल चुनाव लड्ने निर्णय डोटी कांग्रेसले गरेको हो । केन्द्रीय गठबन्धनले सबै जिल्लामा गठबन्धन र भागबण्डाका आधारमा निर्वाचनमा जाने निर्णय गरेको थियो । गठबन्धनका ‘हेभिवेट’ नेताको निर्वाचन क्षेत्रका रुपमा परिचित डोटीमा भागबण्डा र टिकटको कुरा नमिल्ने देखिएपछि यस्तो निर्णय गरिएको बताइएको छ ।

यहाँबाट गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले र नेकपा माओवादी केन्द्रका नेता तथा सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिनिधिसभामा टिकटका लागि दाबी गरिरहेका थिए ।

attariya hospital

उनीहरूबीच गठबन्धनमा टिकट लिने किचलो चलिरहेकै वेला काँग्रेस डोटीले एकल रुपमा चुनाव लड्ने घोषणा गरेको छ ।
प्रतिनिधिसभातर्फ डोटीबाट वीरबहादुर बलायर, भरतबहादुर खड्का, यज्ञराज पाठक, गोरख विष्ट र धीरेन्द्र शाहीको नाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेश सभातर्फ ‘क’ बाट नरेन्द्रबहादुर सिंह र जितबहादुर खड्का ‘ख’ बाट प्रदीपकुमार देउवा र भूमिराज बडूको नाम सिफारिस गरिएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.