बझाङमा जिपकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु

बझाङ – बझाङमा जिपको ठक्करबाट बुधबार एक पैदल यात्रीको ज्यान गएको छ। मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका-९ का ६० वर्षीय गगन ओखेडा रहेका छन्।

bishal shuit house

केदारस्युँ गाउँपालिका-१ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारी जानकारी दिए।

joshi vada pasal 2

ओखेडाको घटनास्थलमै मृत्यु भएको हो। बुङ्गल नगरपालिका-६ घर भएका जिप चालक दीपेन्द्र धामी घटनापछि फरार रहेको प्रहरीले जनाएको छ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.