प्रतिभामा पाठकको खडेरी

अत्तरिया – अत्तरिया चोक नजिकै सुविधा सम्पन्न ३ तले भवन छ । यो तिन तले भवन कुनै व्यवसायीक नभएर पुस्तकालयको हो । जुन भवन २०५६ सालमा स्थापना भएको प्रतिभा सामुदायिक पुस्तकालको स्वामित्वमा रहेको छ । पुस्तकालय प्रयोजनका लागि बनाइएको उक्त भवनमा पुस्तकालय भने दोस्रो तलाको एक कोठामा राखिएको छ ।

maya metro hospital

भवनको पहिलो तलाका ४ वटा सटर सहित अन्य कोठा व्यवसायीक प्रयोजनका लागि भाडामा दिइएको छ भने तेस्रो तलामा हल निर्माण गरिएको छ । दोस्रो तलाका पुस्तकालय बाहेक सानो हल र कार्यसमितिको कार्यकक्ष रहेको छ । पुस्तकालयका लागि निर्माण गरिएको यस भवनमा पढ्ने भन्दा हलमा कार्यक्रम गर्ने र सटरमा राखिएका पसलमा किनमेल गर्न आउने बढी हुन्छन । भवनको एक कुनामा सीमित पुस्तकालमा पनि पढ्न आउनेको संख्या निकै न्यून छ । जबकी पुस्तकालयमा १२ हजार पुस्तक राखिएको छ ।

पुस्तकालयका संस्थापक अध्यक्ष कृष्ण दत्त पनेरु (बन्चित) पछिल्लो समय युवा पुस्तामा पढ्ने बानी हट्दै गएकाले यस्तो भएको बताउँन्छन । बुधबार राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा बोल्दै उनले नेपालमा साक्षरताको सङ्ख्या बढे पनि अध्ययनशील व्यक्तिहरुको सङ्ख्या भने कम भइरहेको बताए ।

attariya hospital

‘यहाँ पुस्तकालय मात्रै राखेर, कार्यसमितिमा बस्नको लागि तछाडमछाड गरेर मात्रै पुस्तकालयको उद्देश्य पुरा नहुन सक्छ’ उनले भने ‘हामीले विद्यालय छाडेका, बुढापाका पढ्न सक्नेलाई कसरी सकिन्छ पुस्तकालयमा आएर पढ्ने बनाउन आवश्यक छ ।’ उनले पुस्तकालयको मुख्य उद्देश्य भनेको चेतना फैलाउने वौद्धिक व्यक्ति तयार गर्ने रहेको बताए । उनले पुस्तकालयले पुस्तक पढ्ने मात्रै नभएर पुस्तक लेख्ने बनाउनको लागि पनि भूमिका खेल्न आवश्यक रहेको बताए ।

शिक्षाविद्, दुर्गालक्ष्मी बहुमूखि क्याम्पसका प्रमुख डा. डम्बर पालले पुस्तकालयलाई कसरी जिवन्त बनाउने भन्ने चुनौती रहेको बताए । पुस्तकालयका संस्थापक सदस्य समेत रहेका पालले सूचना प्रविधिको विकासले पछिल्लो समय पुस्तकालयमा आएर पढ्ने बानी हराउँदै गएको बताए ।

‘कुनै पनि विषयवस्तुमा गहिरो ज्ञान प्राप्त गर्न र ती ज्ञानलाई व्यवहारमा उपयोग गर्न अध्ययन नगरी सम्भव छैन । पठन संस्कृतिले आफ्ना विचार, दृष्टिकोण, मूल्यमान्यतालाई परिस्कृत र परिमार्जन गर्न सहयोग गर्छ’ उनले भने ‘पढ्ने बानीको विकासका लागि विद्यालय र पुस्तकालय बिच सहकार्य हुन जरुरी छ । यसलाई नीतिगत रुपमै अगाडी बढाउन सकिन्छ । जसले गर्दा पुस्तकालयको महत्त बढाउन्छ ।’

उनले पुस्तकालय प्रदेशको केन्द्र राजधानीको क्षेत्रमा भएकाले यस क्षेत्रलाई पढ्ने र लेख्ने केन्द्र बनाउन पनि पुस्तकालयले भूमिका खेल्नुपर्ने बताए ।

राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटाले पछिल्लो पुस्ताको युवामा पठन संस्कृतिको विकास कम भएको बताए । ‘यस पुस्तकालयमा पठनसिलताको विकास गर्न जरुरी छ’ उनले भने ‘यसका लागि यस क्षेत्रका बिभिन्न क्याम्पस, विद्यालयमहरुमा सहकार्य गरेर पुस्तकालयमा पठनसिलताको विकास गर्ने, खोज अनुसन्धान गर्ने वातावरण बनाउन आवश्यक छ ।’ उनले विद्यार्थीलाई मोवाइल खेलाएर बस्नुको साटो पुस्तकालयमा आएर राम्रो पुस्तक पढ्ने बनाउन आवश्यक रहेको बताए ।

युवा नेता लोक राज पाण्डे (आगो) ले सानो छाप्रो बाट सुरु भएको पुस्तकालय सुबिधा सम्पन्न भवनमा रहनु आफैमा गर्वको कुरा भएको बताए । ‘पुस्तकालयको तिन तले भनव बनिसक्यो अब यसमा सिर्जना र सिर्जित गर्ने व्यक्तिलाई स्थान दिने बेला आइसकेको छ’ उनले भने ‘यहाँबाट अब सयौ सिर्जनाकार जन्माउने वातावरण पुस्तकालयले बनाउनुपर्छ ।’

पुस्तकालयका कार्यवाहक अध्यक्ष यज्ञराज हमालले पुस्तकालय भौतिक रुपमा सम्पन्न भएपनि पुस्तकालयमा आधुनिक ई– लाईब्रेरिको अभाव रहेको बताए । उनले अहिलेको मुख्य चुनौती पुस्तकालयमा पाठक कसरी बढाउने भन्ने रहेको बताए । उनले आगामी दिनमा यस क्षेत्रका वौद्धिक व्यक्तिहरुको सुझाव सल्लाह लिएर कसरी पुस्तकालयलाई पाठक संग जोड्न सकिन्छ भन्नु कुरामा अगाडी बढ्ने बताए ।

पछिल्लो समयमा भएको सूचना प्रविधिको विकासले युट्युव, ईपुस्तक, ईलाइब्रेरी, गुगल, फेसबुक, ब्लग आदि सामाजिक सञ्जालमा पनि उपयोगी विषयवस्तु पढ्न पाइने भएकाले पनि मानिसहरुमा पुस्तकालयमै आएर पढ्ने बानी हराउँदै जान थालेको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.