एमालेले १५० सिट जित्नेछ : ओली

महेन्द्रनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले १५० सिट जित्ने दावी गरेका छन । बुधवार कञ्चनपुरमा आयोजित ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’मा बोल्दै उनले सो कुरा बताएका हुन । ओलीले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तर्फ गरेर १५० सिट एमालेले जित्ने दाबी गरेका हुन् ।

maya metro hospital

‘आउँदो निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ कम्तीमा १५० सिट जित्छ’, उनले भने, ‘दुनियाँ आश्चर्यचकित हुनेछ ।’ यस्तै ओलीले ’प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुभयो । कसरी बोल्नुभयो ? म्याउम्याउ गर्नुभयो । लिपुलेक,कालापानी फिर्ता देउ भन्नुपर्दैन ?’ ओलीले भने, ‘अर्को गठबन्धनको नेता जानुभो अलिपछि । प्रचण्डलाई इंगित गर्दै ओलीले भने ’उहाँले बोलेको त बाहिर सुनिने कुरै भएन । हामी यो पनि छोडिदिउँला, त्यो पनि छोडिदिउँला, केपी ओलीले सबै खाइदिने भो। खुस खुस, खुसखुस, प्राण बचाइदिनुपर्यो भन्नुभयो ।’

joshi vada pasal 2

उनले नेपाली काँग्रेसका कार्यकर्ता गठबन्धनदेखि पछुताइरहेको बताए । ‘यो पार्टी सिद्धिने भयो भनेर मनमनै धेरै रोएका छन् । मनमनै छट्पटाएका छन् । खोनेबेला थोरै पस्क है भन्छन् । सुत्नेबेला पार्टीको चिन्ताले निन्द्रा लाग्दैन’ ओलीले भने, ‘म साथीहरुलाई चिन्ता नलिएर एमालेमा आउन आग्रह गर्छु । देश बनाउने जिम्मा एमालेको हो ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.