दुर्गालक्ष्मीमा प्राविधिक विषयको अध्यापनका लागी माग

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा रहेको एक मात्र क्याम्पस दुर्गालक्ष्मीमा प्राविधिक विषयको संकाय स्थापनाका लागी सुदूरपश्चिम विश्वविद्यालयसमक्ष माग गरिएको छ ।

maya metro hospital

नगरप्रमुख विरेन्द्र भट्टसहितको टोलीले बुधबार विश्वविद्यालयका उपकुलपती डा. अम्मरराज जोशी र रजिष्ट्रार प्रा. यज्ञराज पाठक समक्ष उक्त माग राखेको हो ।

क्याम्पसमा प्राविधिक धारतर्फका सिभिल ईन्जिनियर र आईटि ईन्जिनियर लगायतका विषयहरुको अध्यापनका लागी स्विकृती माग गरिएको नगरप्रमुख भट्टले बताए ।

attariya hospital

उनले वर्तमान अवस्थामा रोजगारमुलक शिक्षाका रुपमा प्राविधिक शिक्षा रहेकाले त्यसको अध्यापन क्याम्पसमा सुरु गर्नका लागी उपकुलपती डा. जोशी र रजिष्ट्रार प्रा. पाठक समक्ष मागपत्र पेश गरिएको बताए ।

टोलीमा नगरप्रमुख भट्टसहित क्याम्पस प्रमुख डम्बर पाल, पुर्व क्याम्पस प्रमुख गिरीराज कडायत, प्राध्यापकहरु जनकराज जोशी, हरिकृष्ण कडायत, हर्क बहादुर साउँद र लोकबहादुर महरा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.