खाेज्नुहाेस

बझाङमा ५ सय बढी उद्योग दर्ता

Image
file photo

बझाङ – बझाङमा गत आर्थिक बर्षसम्ममा ५ सय बढी उद्योग दर्ता भएका छन । घरेलु तथा साना उद्योगका अनुसार जिल्लामा गत आर्थिक बर्ष सम्ममा ५ सय १२ उद्योग दर्ता भएका छन ।

navjiwan hospital

कार्यालयमा दर्ता भएका उद्योगहरूमा सबैभन्दा बढी कृषि तथा वन्यजन्तु सम्बन्धी ३ सय ९७ फर्म दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका वरिष्ठ उद्यम विकास सहजकर्ता दशरथबहादुर जर्पेलले बताए ।

attariya hospital

जर्पेलका अनुसार आर्थिक वर्ष २०७८/७९ सम्म २ सय ७१ वाणिज्य फर्म, उद्योग तर्फ उत्पादन मूलक १३, कृषि तथा वन्यजन्तु सम्बन्धी ३ सय ९७ उद्योग दर्ता भएका छन् । त्यसै गरी निर्माण मूलक १, सेवामूलक ९४ र विज्ञान तथा सूचना प्रविधि सम्बन्धी ७ उद्योग दर्ता भएका छन् । तर, जिल्लामा हालसम्म ऊर्जा मूलक, खानीजन्य र पर्यटन सम्बन्धी उद्योग भने दर्ता नभएको जप्रेलले बताए ।

जिल्लामा दर्ता हुने उद्योगहरूको सङ्ख्या बढ्दै गइरहेको भए पनि उत्पादन र रोजगारीको क्षेत्र फराकिलो हुन भने नसकेको घरेलु तथा साना उद्योग कार्यालय बझाङका प्रमुख खडकबहादुर बोहराले बताए ।