अत्तरियामा कानको निःशूल्क शल्यक्रिया हुने

अत्तरिया – कैलालीको अत्तरियामा निःशुल्क रुपमा कानको शल्यक्रिया हुने भएको छ । अत्तरियामा रहेको ईम्याक्ट नेपाल कान उपचार केन्द्रले शिविरको आयोजना गर्दै निःशूल्क रुपमा कानको शल्यक्रिया गर्ने भएको हो ।

maya metro hospital

सि. बि. एम संस्थाको आर्थिक सहयोगमा यही साउन ३१ गते देखी भाद्र ४ गते सम्म शिविर आयोजना गरिने इम्प्याक्ट नेपाल कान उपचार केन्द्र अत्तरियाका प्रमुख राम बोगटीले बताए । उनले शिक्षण अस्पताल काठमाण्डाँैका नाक, कान घाटी रोग बिभागका बिशेषज्ञ डाक्टरहरुद्धारा कानको निःशुल्क शल्यक्रिया गरिने बताए ।

स्थानिय क्षेत्र तथा सरकारी स्वास्थ्य संस्थाबाट कान सम्बन्धि बिरामीहरुले सहजै सेवा पाऊन् भन्ने उद्देश्यले शिविरको आयोजना गर्न लागिएको उनले बताए । उनले कानको सहज उपचारका लागी प्रत्येक बर्ष सरकारी स्वास्थ्यकर्मीहरुलाई त्रिभुवन शिक्षण अस्पताल काठमान्डौँबाट १ महिने कान सम्बन्धी आधारभुत अटोलोजी तालिम दिईदै आएको समेत बताए । यसका साथै तालिम पश्चात आवश्यक कान चेक जाँच सम्बन्धी उपकरण पनि संस्थो प्रदान गर्दै आईरहेको उनले बताए ।

attariya hospital

गत जेष्ठ महिनामा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पनि उक्त शिविर आयोजना गरिएको थियो । उक्त शिविरबाट ६२ जना लाभान्वित भएका थिए ।

बिगत साढे ४ बर्ष देखी सुदूर पश्चिम क्षेत्रमा अपागंताको क्षेत्रमा तथा बहिरोपना रोकथामका लागि काम गर्दै आइरहेको इम्प्याक्ट नेपाल कान उपचार केन्द्रले कान सम्बन्धि सम्पुर्ण उपचार गर्दै आई रहेको छ । हाल सम्म कान उपचार केन्द्रले जम्मा २७६ जनाको कानको अप्रेशन, २१३ जना बहिरोपना भएका ब्यक्तीहरुलाई श्रवण यन्त्र मेशिन ९ज्भबचष्लन बष्म० उपलब्ध गराई सकेको छ भने जम्मा करिब २१,००० जनाले कान उपचार केन्द्रबाट सेवा लिई सकेका छन ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.