बझाङ – बझाङको केदारस्युँ गाउँपालिकाले असक्त, अपाङ्गता र हिँडडुल गर्न नसक्ने वृद्धवृद्धाहरूको सहजताका लागि वडा कार्यालयमा नै सामाजिक सुरक्षा भत्ता प्रदान गरिरहेको छ ।
गाउँपालिका अध्यक्ष गणेश बोहराल गायतको टोलीले अहिले वडा कार्यालय र पायक पर्ने स्थानमा बैंकका कर्मचारीसहित सामाजिक सुरक्षा रकम वितरण गरिरहेको हो ।



आइतबार गाउँपालिका–४ बागथला र शैन्सुुमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । सोमबार वडा नं. ५ को पाउटा र साननडाँडामा सामाजिक सुरक्षाबाफतको रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष बोहराले बताए ।
यो अभियानलाई गाउँपालिकाका ९ वटै वडामा सञ्चालन गर्ने तयारी भइरहेको अध्यक्ष बोहराले बताए । गाउँपालिकाको वडा नं. ९ झोतामा रहको इन्भेष्टमेन्ट बैंकका कर्मचारीले गाउँमा नै सामाजिक सुरक्षाबाफतको रकम वितरण गरिरहेको गाउँपालिका अध्यक्ष बोहराले बताए ।
आर्थिक वर्ष ०७८/०७९ को अन्तिम चौमासिक सामाजिक सुरक्षाबाफतको भत्ता वडामा नै गएर अशक्तलाई वितरण गरेको भएपनि आगामी दिनमा असक्त असहायका संरक्षकलाई नै भत्ता दिइने गाउँपालिकाले जनाएको छ ।

















