लहलहैमा हैन बुझेर स्वतन्त्र उम्मेदवार बनौ

आउँदो मंसिर ४ गते प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन मिति तोकिएको छ । निर्वाचनका लागी विभिन्न राजनीतिक दलहरु अहिलेदेखि नै तयारी थालिरहेका छन । निर्वाचन आ–आफ्नो पक्षमा पार्ने कसरतमा दलहरु लागेको अवस्थामा केही स्थानमा भने स्वतन्त्र रुपमा युवाहरु उम्मेदवारी दिने भन्दै प्रचारप्रसारमा लागेका छन । पछिल्लो स्थानीय तहको निर्वाचनमा देशकै संघिय राजधानी सहितका केही मुख्य मुख्य स्थानमा स्वतन्त्र उम्मेदवारले विजयी हासिल गरेकाले पनि हुनसक्छ, युवाहरुमा स्वतन्त्रको मोह बढेको छ ।

maya metro hospital

तर कुनै पनि दलमा आवद्ध नभएर स्वतन्त्र उठ्दैमा निर्वाचनमा विजयी हासिल गर्न सकिन्छ त ? आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र रुपमा होमिन चाहने युवाहरुले मनन गर्नुपर्ने प्रश्न हो यो । देशको राज्यव्यवस्था बदल्न आवश्यक देखेर निर्वाचनमा होमिन खोज्जे युवाहरुको आँट पक्कै पनि उपयुक्त हो, तर त्यो आँटले देशको पुरै राज्यव्यवस्थालाई सुरुवाती चरणमै परिवर्तन गर्न सक्छ भन्ने सोच्नु मुर्खता हुन जान्छ ।

देशमा राजनीतिक दलहरुको दबदबा रहेको अवस्थामा स्वतन्त्र उठेर देशको मुहार फेर्ने सपना देखाउने उम्मेदवारले नागरिकको सपनालाई साकार पार्न कुनै पनि हालतमा सक्दैनन् । हो स्थानीय तहको निर्वाचनमा आफ्नो स्थानीय पालिकाको प्रमुख भएको नाताले आफ्नो भिजन र योग्यताको आधारमा उसले पक्कै पनि पालिकाको मुहार फेर्न सक्छ, पालिकालाई समृद्ध बनाउन सक्छ । तर देशको मुहार फेर्नलाई प्रधानमन्त्रीको कुर्ची ताक्नुपर्छ, जहाँ पुग्न स्वतन्त्र उम्मेदवारलाई अहिलेको अवस्थामा आकासको फल आखाँ तरी मर सरह हो । यसमानेमा यो भन्न खोजिएको हैन की, देशको दलिय व्यवस्था सँग कसैले पनि प्रतिष्पर्धा गर्न सक्दैन, मात्र देशको संघिय संचनाको बारेमा र देशको संविधानको बारेमा बुझ्न जरुरी छ भन्न खोजिएको हो ।

attariya hospital

उम्मेदवारी दिएर चुनावमा विजय हासिल गर्न पनि आफुसँग योग्यता र क्षमता हुनुपर्छ, जसले प्रदेश तथा देशलाई नयाँ दिशातिर लैजान सक्ने हैसियत होस् । स्थानीय तहहरुमा स्वतन्त्र उम्मेदवारहरुले विजयी हासिल गरेभन्दैमा लहलहैमा लागेर उम्मेवारी दिनेहरुले यो बिचार पु¥याउन जरुरी छ की देश परिवर्तनको संवाहकले मलाई पत्याउने वा नपत्याउने । यसमा देश परिर्वतनको संवाहक भनेको नागरिक हो ।

हो, अहिले दलिय व्यवस्थादेखि नागरिक रुष्ट छन, प्रदेश सभा खारेजीको त धेरै नागरिकहरुले माग नै गरिरहेका छन । तर नागरिकले स्वतन्त्र व्यक्ति एक्लैले देश परिवर्तन गर्न सक्छ वा सक्दैन भन्ने कुरा पनि बुझेका छन । नागरिकले परिवर्तन चाहेका हुन, परिवर्तनका लागी राज्यको उच्च तह सम्म पुग्न सक्ने र देशको लागी केही गर्न सक्ने युवाहरुलाई पक्कै पनि नागरिकको साथ मिल्नेछ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.