बझाङ – बझाङको थलारा गाउँपालिकाले मुस्ताङ भ्रमणका क्रममा १० लाख खर्च गरेको छ । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र पत्रकार गरी झन्डै ४८ जनाको टोलीले एक सातामा १० लाख खर्च गरेको हो ।


भ्रमणमा ९ जना वडा सचिव, १७ जना जनप्रतिनिधि २ पत्रकार र बाकी कर्मचारी सहभागि थिए । थिए । सात दिनको ‘अध्ययन, अवलोकन’ भ्रमण भनिए तापनि गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित, सूचना अधिकारी प्रकाश भण्डारी लगायत केही कर्मचारी भने अझै बझाङ फर्किसकेका छैनन् ।

पालिकानै रित्तै गरेर भ्रमणमा गएपछि सामाजिक संजालमा यसको चर्को बिरोध समेत भएको थियो । साउन ९ गतेदेखि सुरु भएको उक्त भ्रमणको चर्को बिरोध भएपनि किन भ्रमण गरिएको थियो र, के उपलब्धि भयो भन्ने बारेमा भने सार्वजनिक गरिएको छैन ।
