मुगु – मुगुको बुलबुले मैपानीमा आइतबार बिहान जीप दुर्घटना हुँदा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

सुर्खेतदेखि मुगु गमगढीतर्फ आउँदै गरेको लु १ ज ३७५४ नम्बरको जीप मुगु जुम्लाको सिमाना बुलबुले मैपानी भन्ने स्थानमा दुर्घटना हुँदा २४ वर्षीय दीपक तिरुवाको घटनास्थलमै मृत्यु भएको र चालक दल बुढा घाइते भएको चालक शक्त घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

चालक बुढालाई उपचारका लागि जुम्ला लगिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।



















