खाेज्नुहाेस

बझाङमा बालकको कंकाल भेटियो

Image
file photo

बझाङ – बझाङमा २ महिना अगाडी बेपत्ता भएका एक बालकको कंकाल फेला परेको छ । जेठ १४ गतेदेखि बेपत्ता भएका जयपृथ्वी नगरपालिका – १ कैलास गाउँका मदेश शाहीका ९ वर्षीय छोरा धरेन शाहीको कपडा संगै कंकाल फेला परेको हो ।

navjiwan hospital

धरेन घोणकोटको जंगलबाट बेपत्ता भएका थिए । उनको टाउको र हड्डी जयपृथ्वी नगरपालिकामा पर्ने नौलावन भन्ने ठाउँमा भेटिएको हो ।

godawari nagarpalika dadhelo
attariya hospital

अस्थिपञ्जरसँग रहेको उनको कपडाको आधारमा शवको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।