अत्तरिया – बैतडीमा ३६ प्रतिशत उद्योग महिलाका नाममा दर्ता भएका छन । गत आर्थिक बर्ष २०७८÷७९ मा दर्ता भएका मध्ये ३६ प्रतिशत उद्योग महिलाका नाममा दर्ता भएका हुन ।
घरेलु तथा साना उद्योग कार्यालय बैतडीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ७ सय ५४ उद्योगहरु दर्ता भएकोमा २ सय ७१ उद्योग महिलाको नाममा दर्ता भएका छन । जुन ३६ प्रतिशत हुन आउन्छ ।
महिलाको नाममा उद्योगहरु दर्ता भए ५० प्रतिशत राजस्व छुट हुने गरेको उनको भनाई छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले सहुलियतमा कर्जा दिने भएकाले पनि महिलाको नाममा अहिले उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको हो । यस्तै अहिले जिल्लामा उद्योग दर्ता गर्नेहरु पनि बढेका बताइएको छ ।