खाेज्नुहाेस

निर्मलाका हत्यारा पत्ता लगाउन सरकारले प्रयासै गरेन : सांसद सिग्देल

Image

काठमाण्डौ – प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै सांसद केदार सिग्देलले सरकारले हत्यारा पत्ता लगाउन प्रयासै नगरेको दाबी गरेका छन । उनले हत्यारालाई छुट दिन अनुसन्धान नै नगरिएको बताए ।

navjiwan hospital

‘कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएको ठीक चार वर्ष भयो । तत्कालीन ओली सरकारले हत्यारालाई छूट दिन अनुसन्धान नगरेको भन्दै कांग्रेसका माननीयज्यूहरूले यो हलै थर्कने गरी बोलेको सुनिन्थ्यो,’ सांसद् सिग्देलले शून्य समयमा बोल्दै भने, ‘म सोध्न चाहन्छु, देउवा सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउन के के काम ग-यो ? सिन्को भाँचेको छैन । गठबन्धन सरकार मौन बस्नु विडम्बना हो ।’

attariya hospital

२०७५ साउनमा बलात्कार र हत्या भएकी पन्तको हत्यारालाई सरकारले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।