बझाङ – लगातारको वर्षाका कारण आएको पहिरोले बझाङमा तिन घर भत्कीएका छन । मंगलबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोले साइपाल गाउँपालिकामा ३ घर भत्किएका हुन ।
पहिरोमा परेर वडा २, धलौनको खोडीमा दलजित बोहराको घर भत्किँदा ६ वटा गाईगोरु च्यापिएर मरेका छन् । यस्तै वडा नं. २ कै जिमा गाउँमा प्यारु कामीको घर भत्किँदा ५ चौपाया मरेका छन् । पहिरोले वडा नं. ४ जगेराका असभान रोकायाको घर बगाउँदा धनमालको क्षति भएको छ ।
यतिमात्रै नभई पहिरोका कारण ५० भन्दा बढी घर जोखिममा परेका छन् । वडा नं. २ को काँकरकोटमा पहिरोले तलकोट गाउँपालिकाका धनकृष्ण जोशीका तीन वटा खच्चर मरेका छन । दुई खच्चर घाइते छन् । सोही पहिरोले काँकरकोटमा हालसालै निर्मित पाहुना घरसमेत पुरेको साइपाल गाउँपालिकाले जनाएको छ ।
उक्त पालिकाका दर्जनौं ठाउँमा पहिरो खसेर बाटाघाटा बन्द हुँदा एक गाउँ र अर्को गाउँबीच सम्पर्क विच्छेद भएको छ ।