वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायत गम्भीर बिरामी परेका छन् । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्लाका ५४ वर्षीय कडायत शनिबार एक्कासि बिरामी परेका हुन् ।


अचेत अवस्थामै धनगढीस्थित नवजीवन अस्पताल पुर्याइएका उनको स्वास्थ्य अवस्थामा सुधार हुन सकेको छैन । अहिले कडायतको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

कडायत २०५० सालदेखि देउडा गायन सक्रिय छन् । उनले ‘कर्णालीका भेल’, ‘बझाङी काल्या’, ‘ल बिणी खान्या की’लगायत चर्चित गीतमा आवाज दिएका छन् ।
