बझाङ – बझाङमा हलो जोत्दाजोत्दै एक वडा सदस्यको मृत्यु भएको छ । शनिबार जिल्लाको मष्टा गाउँपालिका ७ का नवनिर्वाचित वडा सदस्य बमबहादुर बोहराको मृत्य भएको हो ।
बोहरा आज बिहान गाउँ नजिकैको खेतमा हलो जोत्दाजोत्दै रिंगटा लागेर अचानक ढलेका उनको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
मृतक बोहरा गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।