बूढीगंगामा एमालेको अग्रता कायमै

 

बझाङ – बूढीगंगा नगरपालिकाको मतगणना जारी रहेको छ ।  यो खबर तयार पार्दा सम्म वडा नं १ र १० को मतगणना भइरहेको छ । दुवै वडा गरेर १ हजार मतगणना सकिएको बूढीगंगाको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।  मेयर उपमेयर दुबैमा एमाले अगाडि देखिएको छ । सुरुवादीदेखि नै एमालेले आफ्नो अग्रता कायम राखेको छ । एमाले मेयरमा ९३ मत र उपमेयरमा ८० मतले अगाडि छ । अहिलेसम्म १ को ४ सय र १० को ६ सय मतको नजिता सार्वजनिक भएको हो ।

bishal shuit house

१ हजार मत गन्दा मेयरमा ५२० मत ल्याउँदै एमालेका उम्मेदवार पहिलो स्थानमा रहेका छन् भने कांग्रेस ४२७ मतका साथ दोस्रो स्थानमा छ । यस्तै उपमेयरमा एमालेले ५१५ मत ल्याएको छ भने कांग्रेसले ४३५ मत पाएको छ । यस्तै वडामा पनि एमालेका उम्मेदवार नै अगाडि छन् । वडा नं १०  अध्यक्षमा एमालेका उम्मेदवारले ३ सय १४ मत ल्याएका छन् भने कांग्रेसले २४७ मत ल्याएका छन् । यस्तै १ मा एमालेले १८४ मत ल्याएका छन् । भने काँग्रेसले १ सय ७९ मत ल्याएका छन् । १ नम्बरमा १३ सय २६ मतदातामध्ये ८ सय ३१ र १० मा १७ सय ७८ मतदातामध्ये ११ सय ९ मत खसेको थियो । यो समाचार तयार पार्दासम्म १ मा ४ सय ३१ र १० मा ५ सय ९ मत गणना हुन बाँकी छ ।

joshi vada pasal 2

१३ हजार ६ सय ५९ मतदाता रहेको यहाँ ९ हजार ११७ जनाले मत खसालेको निर्वाचन कार्यालयले बताएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.