बाजुराको बूढीगंगामा मतदान सुरु

 

बाजुरा – बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि छान्नका लागि पुनः मतदान सुरु भएको छ । आज बिहान ७ बजेबाट फेरि मतदान सुरु भएको हो ।

३० वैशाखमा देशभरका स्थानीय तहमा चुनाव हुँदा बूढीगंगामा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

joshi vada pasal 2
bishal shuit house

३० वैशाखको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताले बुथ कब्जा गरेका थिए । १० वटा मतदानस्थल र १९ वटा केन्द्र निर्धारण गरिएको छ ।

बूढीगंगामा पुनः मतदानका लागि ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको नगरपालिकाको मतदाता संख्या १२ हजार ६ सय ५९ छ  ।

maya metro hospital

मेयरमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रंगबहादुर खाती उम्मेदवार छन् । निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.