
बझाङ – बझाङमा सडकमाथिबाट ढुंगा खस्दा हिँडिरहेकी वृद्धाको मृत्यु भएको छ । बुधबार जयपृथ्वी राजमार्ग अन्तर्गत केदारस्युँ गाउँपालिकाको रायलमा सडकमाथिबाट आएको ढुंगा लागेर गाउँपालिका–१ रायल चौडालाकी ७० वर्षीया पुतली देवी मल्लको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो ।

















