खाेज्नुहाेस

पहिरोमा परी दार्चुलामा एकजनाको मृत्यु

Image

दार्चुला – दार्चुलामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर ६ परीगाउँका २१ बर्षीय करनससिंह ठगुन्नाको पहिरोमा पुरिएर ज्यान गएको स्थानीय प्रकाश धामीले बताए ।

navjiwan hospital

शनिबार दिउँसो साढे चार बजेको समयमा भटडाणाबाट परीगाउँ जानेबेला पहिरोमा परी ठगुन्नाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

घटनाका बिषयमा अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक सुरज बहादुर सिंह नेतृत्वको प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।