खाेज्नुहाेस

आलुखेतीमा आकर्षित बन्दै किसान

Image

रमेश बहादुर सिह/बझाङ – जिल्लामा आलु खेती तर्फ किसानको आकर्षण बढ्न थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बझाङले आलु खेतीमा सहयोग गर्न थालेपछि किसानहरु आलु खेतीतर्फ आकर्षीत बन्न थालेका हुन ।

परियोजनाले किसानहरुको आयआर्जनमा वृद्धि गर्नका लागी आलु खेतीमा सहयोग कार्यक्रम ल्याएपछि किसानहरुले आलुखेतीलाई व्यवसायीक रुपमा अगाडी बढाउन थालेका छन । जिल्लाको तलकोट गाउपालिका – ७ को किन्दन बस्तीका किसानहरुले पनि सोही परियोजनाको सहयोगमा आलु खेती गरेका छन । कैलाश आलु उत्पादन कृषक समुहमा आवद्ध कृषकहरुले परियोजनाको सहयोगमा आलु खेती गरेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बझाङका कुम्भराज रोकायाले बताए ।

godawari nagarpalika dadhelo
attariya hospital

केही वर्षअघिसम्म बाहिरी जिल्ला र भारतबाट वार्षिक ८० करोड रुपैयाँ बराबरको आलु आयात गर्ने बझाङमा अहिले भने बजारमा छ्याप्छ्याप्ती रुपमा आलु पाईन्छ । चक्रिय प्रणालीमा आधारित आलुको व्यावसायिक खेती सुरु गरिएपछि तीन वर्षकै अवधीमा जिल्लाले आयात प्रतिस्थापन गर्नुका साथै छिमेकी जिल्लाका विभिन्न स्थानमा आलु निर्यात गर्ने गरेको छ ।

समन्द्र सतहबाट ९१५ मिटरदेखि २ हजार मिटरको उचाईमा फैलिएको यस बस्तिमा आलु उत्पादन सम्भव भएको हो । भुगोल हेरेर भदौ/असोजमा रोपेको आलु मंसिर/पुसमा खन्ने, मंसिरमा लगाएको आलु चैत्रमा खन्ने गरेर चक्रिय खेती सुरुवात गरेपछि बझाङका बजारमा आलु अभाव हुन छोडेको छ । यस्तै पुस/माघतिर लगाएको आलु वैशाख/जेठमा भित्र्याउने र फागुन/चैत्रमा रोपेको आलु असारदेखि भदौसम्म निकाल्ने गरेर खेती गरेका कारण सबै मौसममा स्थानीय आलु उपलब्ध हुन सकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बझाङका रोकायाले बताए ।

navjiwan hospital

‘यहाँको भूगोल र जलवायुले साथ दिएका कारण सधैं बजारमा ताजा आलु उपलब्ध हुने अवस्था बनेको छ’ उनले भने ‘तर अहिले पानिका कारण आलु बजार सम्म ल्याउन अलि असहज भएको छ ।’

उनले बझाङमा लामो समय आलु भण्डारणका लागि कोल्ड स्टोरको अभाव भएपनि आलु भण्डारको लागि एउटा भवन आलु जोन बझाङले निर्माण गरिदिएको उनले बताए । ‘बेंसी क्षेत्र, तल्लो पहाड, उच्चपहाड र हिमाली क्षेत्रमा फरक–फरक मौसममा आलु उत्पादन हुने भएपछि हामीले लामो समय भण्डारण गरेर राख्नुपर्ने अवस्था छैन’ उनले भने ।

२०७६ सालसम्म लेकाली भेगमा फाट्फुट्ट गरिने आलुखेतीलाई जिल्लाव्यापी बनाएर बझाङलाई आलुमा आत्मनिर्भर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गगतको आलु जोन कार्यक्रम, कृषिज्ञान केन्द्र बझाङ र पालिकाहरुले किसानलाई प्रेरित गरिरहेका छन् ।

उन्नत बिउँ, प्रविधि, सिँचाई, अल्पकालीन भण्डारणको व्यवस्था र बजारिकरणका लागि सरकारी निकायले किसानलाई अनुदान सहयोग गर्न आफुले जिल्लाका विभिन्न गाउपालिका सँग पनि समन्वय गरिरहेको उनले बताए ।