खाेज्नुहाेस

बझाङका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पाउनै समस्या

Image


बझाङ – ‘पहिले पहिले प्रधानाध्यापक हुनका लागि हानथाप हुन्थ्यो, आफू कसरी प्रधानाध्यापक हुने भन्ने जुक्तिमा लागेका हुन्थे सामुदायिब बिद्यालयका शिक्षकहरु । तर, अचेल प्रधानाध्यापक पाउनै गा¥हो भएको छ ।

शिक्षकहरुले प्रधानाध्यापक हुन मानिरहेका छैनन् ।’ बझाङ जिल्लाको थलारा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रायभान ओलीको अनुभव हो यो ।

godawari nagarpalika dadhelo
attariya hospital

एक वर्षको दौरानमा एक विद्यालमा तीन जना शिक्षक फेरिएको सुनाउँदै उनी भन्छन्, ‘अचेल प्रधानाध्यापक हुन झण्झट मान्दैछन् शिक्षकहरूले । उनले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको कार्यबोझ बढ्दै गएपछि यस्तो समस्या आएको बताए । थलारा गाउँपालिकाका अधिकांश विद्यालयहरुमा यस्तो समस्या रहेको बताए ।

navjiwan hospital

‘आफ्नो पढाउने कार्य छदैछ, त्यसमाथि प्रशासनिक कार्यहरू धेरै हुन्छ’ शिक्षा शाखा प्रमुख ओली भन्छन् ‘परिश्रम धेरै हुन्छ, सेवा सुविधा छैन ।’ ऐश्वर्य आधारभूत विद्यालय, मोयलको नमुना सामाजिक परीक्षणका क्रममा ओलीले विद्यालयहरुमा विधिवत् रुपमा सामाजिक परीक्षण हुन नसक्नुको कारण प्रधानाध्यापकहरू फेरिनु पनि रहेको बताए । उनी भन्छन्, ‘६÷६ महिनामा प्रधानाध्यापक फेरिदै गए विद्यालय प्रशासन राम्रो नहुने र गुणस्तरीय शिक्षा पनि नहुने, त्यसमाथी उनीहरुको जवाफदेहिता पनि बढ्छ ।’

प्रगतिशील युवा समाज बझाङको सहयोगमा गरिएको विद्यालयको नमुना सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरूबाट उठेका प्रश्नहरुको जफाव दिँदै शिक्षा संयोजक ओलीले प्रधानाध्यापकलाई प्रशासनिक कर्मचारीको रुपमा राखिनु पर्ने बताए । ‘मैले त प्रधानाध्यापकलाई नन टिचिङ्ग स्टाफ (पढाउन नपर्ने) का रुपमा राख्नु पर्छ भनेको छु’ ओलीले भने, ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रममा यसरी राख्न गाउँपालिकालाई अनुरोध पनि गरेको छु ।’

प्रधानाध्यापकलाई सेवा सुविधा दिए मात्र काम गर्ने इच्छाशक्ति बढ्ने ओलीले वताए । ओलीले विद्यालय सामाजिक परीक्षण मापदण्ड, २०७८ अनुसार विद्यालयहरुले सामाजिक परीक्षण गर्न नसकेको कुरा स्वीकार गरे ।

उनले भने, ‘सामाजिक परीक्षण अनिवार्य रुपमा गर्नुपर्छ भन्ने व्यवस्था छ, विद्यालयहरुले गर्छन् पनि तर त्यो विधिवत् भएको छैन ।’ अब सबै विद्यालयहरुले विधिवत् रुपमा सामाजिक परीक्षण गर्नु पर्ने बताए ।