खाेज्नुहाेस

जयपृथ्वीको अनुमानित बजेट ५५ करोड २९ लाख

Image

रमेश बहादुर सिह/बझाङ – बझाङको जयपृथ्वी नगरपालिकाकाले आ.व २०७९÷८० का लागि ५५ करोड २९ लाख ८१ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख चेतराज बजालको अध्यक्षतामा शुक्रबार बसेको १०औ नगरसभाको बैठकमा उपप्रमुख रतन बहादुर सिँहले अनुमानित आय–व्यय प्रस्तुत गरेका हुन् ।

नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम बराबरको बजेट प्रस्तुत गरेको छ ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

विनियोजित बजेटको सशर्त अनुदान तर्फ २५ करोड ७० लाख, समिकरण अनुदान अन्तरगत १४ करोड ३ लाख, राजश्व बाँडफाड अन्तर्गत ९ करोड ५७ लाख २ हजार, बिशेष अनुदान अन्तरगत १ करोड ६० लाख र समपुरक अनुदानमा १ करोड ३० लाख गरी जम्मा ५२ करोड २० लाख ३२ हजार रहेको छ ।

यसैगरी प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड २ लाख ९ हजार राजश्व बाडफाड अन्तर्गत २१ लाख ३० हजार बिशेष अनुदान अन्तरगत २५ लाख समपुरक अनुदान अन्तरगत ४८ लाख गरी जम्मा १ करोड ९६ लाख ३९ हजार तथा नगरपालिका को आन्तरिक स्रोतबाट ९९ लाख ६० हजार र अन्य निकायबाट १ करोड १३ लाख १० हजार बजेट प्रस्तावित गरिएको छ ।

उच्च शिक्षा पढने बिधार्थी को लागि एमबिबिएस पढने एक जना विद्यार्थी को लागि नगरपालिकाले छात्रवृत्ति को ब्यवस्था गरेको छ । यस बर्षको बजेट बिशेष गरेर स्वास्थ्य सरसफाई र शिक्षा कृषि तथा पशुपालन क्षेत्रको बिकास पूर्वाधार निर्माण वन वाताबरण बिपद् व्यवस्थापन प्रभावकारी सेवा सुसासन मा मुख्य जोड दिएको छ ।