खाेज्नुहाेस

बझाङमा दुध संकलन केन्द्र भवनको उद्घाटन

Image

रमेश बहादुर सिँह/बझाङ – बझाङमा दुग्ध संकलन केन्द्र भवनको उद्घाटन गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाँउपालिका – १ बगडगाँउमा एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका अध्यक्ष नरबहादुर बोहराले भवनको उद्घाटन गरेका हुन ।

सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको ७ लाख ४० हजार र भेटेनरी अस्पताल तथा पशुपन्छी विज्ञ केन्द्र बझाङको ६ लाख २९ हजार गरी जम्मा १३ लाख ६९ हजारको लागतमा मटेला उन्नत गाईपालन समन्वय समितीले भवनको निर्माण गरेको हो ।

godawari nagarpalika dadhelo
attariya hospital

उद्घाटन कार्यक्रममा वोल्दै भेटेनरी अस्पताल तथा पशुपंछी विज्ञ केन्द्र बझाङका कार्यालय प्रमुख डाक्टर विनोदकुमार कठायतले प्रदेश सरकारले कृषकहरुको जिवन स्तरमा सुधार ल्याउन विभिन्न खाले कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।

navjiwan hospital

उनले कृषकहरुले पनि अनुदानमा पाएका विभिन्न कार्यक्रमहरुलाई आफ्ना छोराछोरी सरह मान्नुपर्ने र त्यसवाट उत्पादन भएको बस्तुहरुको बजारीकरण गरी बेच्नुपर्ने बताए ।

आफ्नो कार्यालयबाट पनि कृषि सम्बन्धी निरन्तर कार्यक्रम गर्दै आएको र आगामी दिनहरुमा पनि गर्दै जाने उनले बताए । उनले सडक सञ्जालसँग जोडिएको क्षेत्र भएकाले यहाँका केही ठाउँलाई दुग्घजन्य पदार्थको पकेट क्षेत्र बनाउनुपर्ने बताए ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै मटेला उन्नत गाईपालन समन्वय समितीका अध्यक्ष रामभक्त गिरीले कृषकहरुले उत्पादन गरेको दूधलाई अँझै गुणस्तरीय बनाउनको लागी धेरै मेहनत गर्नुपर्ने बताए ।

सरकारलाई ढाँटे आफु पनी ठगिने हुँदा सरकारले दिएको अनुदानको भरपुर उपयोग गरेर जिविकोपार्जन गर्नुपर्ने र आगामी दिनहरुमा पनी गाईपालन व्यवसायलाई अगाडी बढाउनु पर्ने उनले बताए ।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालका साथै जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक जनक ढुङ्गाना, सशस्त्र प्रहरी नायव उपरिक्षक दामोदर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।