बझाङमा लागु औषध सम्बन्धी एक दिने गोष्ठी सम्पन्न

रमेश बहादुर सिह/बझाङ – बझाङको जयपृथ्वी नगरपालिकामा सञ्चालीत लागुऔषध दुव्र्यसन तथा कुलत न्युनीकरण सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।

maya metro hospital

जयपृथ्वी सामुदायिक अध्ययन केन्द्रद्धारा युवाहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त गोष्ठी बिहिबार सम्पन्न भएको हो ।

joshi vada pasal 2

नगरपालिकाको शिक्षा शाखाको आर्थिक सहयोग र वडा प्रहरी कार्यालय बझाङको समन्वयमा सञ्चालीत उक्त गोष्ठीको सहजीकरण जिल्ला प्रहरी कार्यालय बझाङका इन्सपेक्टर रमेश दत्त अबस्थी र वडा प्रहरी कार्यालय बझाङका प्रमुख हरिश पन्तले गरेका थिए ।

सहजकर्ता दुवैले गोष्ठीमा सहभागी युवाहरुलाई लागु औषध सम्बन्धी केहि सचेतनामुलक जानकारीहरु दिएका थिए । गोष्ठीमा जिल्लाका बिभिन्न पालिकाका युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.