रमेश बहादुर सिह/बझाङ – जिल्ला समन्वय समिति बझाङको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नर बहादुर बोहरा निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमालेले उम्मेदवारी नै नदिए पछि नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादी पार्टी सहितको गठबन्धनको उम्मेदवारहरु निर्बिरोध निर्वाचित भएका छन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नरेन्द्र शर्माका अनुसार बझाङ जिल्ला समन्वय समितिको प्रमुख पदमा नेपाली कांग्रेसका नरबहादुर बोहरा निर्बिरोध निर्वाचित भएका छन् । त्यस्तै उप–प्रमुखमा नेकपा एकीकृत समाजवादीका कृष्ण बहादुर विष्टको पनि निर्बिरोध निर्वाचित भएका हुन् ।

त्यस्तै जिल्ला समन्वय समितिको महिला सदस्यमा नेपाली कांग्रेसकी अस्मिता देवी चदारा, बाटुली देवी ओड र एकीकृत समाजवादीबाट लक्ष्मी देवी कामीको उम्मेदवारी निर्बिरोध निर्वाचित भएकी हुन् । त्यस्तै खुल्ला सदस्यमा नेपाली कांग्रेसका गौरीशङ्कर जोसी, टोप बहादुर खड्का र माओवादी केन्द्रबाट गोरख बहादुर सिंह निर्बिरोध निर्वाचित भएका छन् ।
यस्तै, दलित सदस्यमा नेपाली कांग्रेसकी रिता कामीको निर्बिरोध निर्वाचित हुनु भएको छ । जिल्ला समन्वय समिति बझाङको निर्वाचनमा सत्ता गठबन्धनको मात्रै उम्मेदवारी परेको थियो ।
आईतबार नव निर्वाचित प्रमुख नरबहादुर बोहरालाई जिल्ला न्यायधिस बिष्णु प्रसाद अबस्थीले पद तथा गोपनियताको सफत ग्रहण समेत गराउनु भएको छ । एक समारोहका बिचमा नव निर्वाचित पदाधिकारीहरुलाई प्रमारण पत्र समेत दिएको छ । अन्य उप प्रमुख सहित अन्य सदस्यहरुलाई प्रमुख बोहराले पद तथा गोपानीयतको सफत ग्रहण समेत गराउनु भएको छ ।
जिल्ला समन्वय प्रमुख यस अघिको २०७४ सालको स्थानीय तहको निर्वाचनमा सुर्मा गाउँपालिकाबाट निर्वाचित गाउँपालिका अध्यक्ष समेत हुन् ।
सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच जिल्ला समन्वय समितिमा पनि गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएपछि पदाधिकारीहरु निर्विरोध चयन भएका हुन् ।
जम्मा १२ पालिकामध्ये दुई पालिकाको प्रमुख, उप–प्रमुख र एक पालिकामा प्रमुख गरी ५ सदस्य मात्रै जितेको नेकपा एमालेको समन्वय समितिमा बहुमत नपुग्ने भएपनि मनोनयन दर्ता गरेको थिएन् ।
१२ पालिका रहेको बझाङमा जिल्ला समन्वय समितिको निर्वाचनका लागि २४ जना मतदाता रहेका छन् । जसमा कांग्रेसका ११, एकीकृत समाजवादीका ३, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग ५÷५ मत भार रहेको छ ।