काठमाडौं – निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा काठमाडौं उपत्यकाको भक्तपुरसहित देशका ६ वटै महानगरपालिका भएका सात जिल्लामा विद्युतीय मतदान गर्न तयारी थालेको छ ।
आयोगले काठमाडौं, भक्तपुर, ललितपुरसहित चितवन, मोरङ, पर्सा र कास्कीमा विद्युतीय प्रणालीमार्फत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गर्न सकिने भन्दै विद्युतीय मतदानका लागि सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको हो ।
सो सम्बन्धमा हाल आयोगको सूचना प्रविधि महाशाखाले काम गरिरहेको छ भने आयोगले विद्युतीय मतदान अध्ययन गर्न नीति अनुसन्धान प्रतिष्ठानलाई विगतदेखि नै जिम्मेवारी दिँदै आएको छ ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं उपत्यकासहित देशका ६ वटै महानगरपालिका रहेका सात जिल्लामा विद्युतीय मतदान गर्न सकिने अवस्था छलफल भइरहेको जानकारी दिए ।