मेरो इमान्दारीता, लगनसिलता र व्यवसायीले गरेको विश्वास मेरो जित्ने आधार हो : उपाध्यक्ष उम्मेदवार लम्साल

अत्तरिया – कैलाली उद्योग बाणिज्य संघको नेतृत्वका लागि जेठ २८ गते चुनाव हुँदै छ । उक्त चुनावमा दुई समूहले छुट्टाछुट्टै प्यानल सहित टिम घोषणा गरेका छन ।

maya metro hospital

वर्तमान अध्यक्ष पुष्पराज कुँवर र व्यवसायी सुरेन्द्र राठीको नेतृत्वमा दुई छुट्टाछुट्टै प्यानल चुनावमा होमिएका छन । जसअन्तगत कुँवरको प्यानलबाट उद्योग उपाध्यक्षमा अत्तरियाका दिनेश लम्सालले उम्मेदवारी दर्ता गरेका छन ।

lotus school

नबिन दाना उद्योगका संचालक रहेका लम्साल २०४८ साल देखि उक्त व्यवसायमा आवद्ध छन । यस पटक उनले व्यवसायीको हक हितका लागि काम गर्ने भन्दै उपाध्यक्षमा उम्मेदवारी दिएपछि लम्सालसंग अत्तरिया अनलाइनले कुराकानी गरेको छ । प्रस्तुत छ वहाँ संग गरिएको कुराकानीको सम्पादित अंस

attariya hospital

तपाईको व्यवसायीक पृष्ठभूमिका बारेमा जानकारी गराइदिनुस् ?

म ३१ बर्षदेखि व्यवसायमा आवद्ध छु । हाम्रो परिवारले पार्ट टाईम पेशाका रुपमा कुखुरा पालनबाट यो व्यवसायमा आवद्ध भएको थिए । पछि यसलाई बढाउँदै लगेर दाना उद्योग संचालन गरेका हौ

कैलाली उद्योग बाणिज्य संघको चुनावमा उपाध्यक्ष पदमा तपाइको उम्मेदवारी किन ?

म एउटा उद्योग संचालन भएको हुनाले उद्योगी नै जानुपर्छ भन्ने मान्यता हो । साथीहरुले पनि उद्योगी मानिस नै यसमा जानुपर्छ भनेर सल्लाह गर्नुभयो ।

मैले पनि उद्योगी भइसकेपछि उद्योगीहरुको हक हितका लागि काम गर्नुपर्छ भनेर उम्मेदवारी दिएको हुँ । म विगत ९÷१० बर्षदेखि उद्योग बाणिज्य संघमा पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध छु ।

तपाईले कैलालीमा व्यवसायीका मुख्य रुपमा के–के समस्या देख्नु भएको छ ?

व्यवसायीको सबैभन्दा ठूलो समस्या सुरक्षाको हो । व्यसायीलाई सुरक्षित कसरी गर्ने, सुरु भएका व्यवसायीलाई कसरी दिगो राख्ने र व्यवसाय कसरी सुरुवात गर्ने व्यवसायका लागि आवश्यक नीति नियमलाई कार्यान्वयन गर्ने बिषय मुख्य चुनौतीका रुपमा रहेका छन ।

तपाई चुनाव जितेमा व्यवसायीको हक अधिकारका लागि के–के काम गर्नुहुन्छ ?

यो कुरा हामीले चुनावी प्रतिवद्धतामा पनि लेखेका छौ । हामीले काम गर्ने भनेको व्यवसायीका लागि हो । व्यवसायिका समस्या भन्दा बाहिर गएर भन्दा पनि प्रमुख केन्द्रमा हामीले व्यवसायीका समस्या राख्ने छौ । व्यवसायीको मुख्य समस्या सुरक्षाको हो । त्यसका लागि हामीले प्रतिवद्ध भएर लाग्नेछौ ।

यसपटकको चुनावमा व्यवसायीहरुले तपाईलाई चुनाव जिताउनेछन भन्ने आधार के हो ?

व्यवसायी भनेका एक इमान्दारीताको प्रतिक हो । व्यवसायी र इमान्दारीता प्रयायवाची जस्तै हुनुपर्छ । त्यसैले सबल र सक्षम मान्छेलाई नेतृत्वमा ल्याउनुपर्छ भनेर व्यवसायीहरुले राम्ररी बुझेका छन । त्यसैले मेरो इमान्दारीता, लगनसिलता र व्यवसायीले गरेको विश्वास मेरो जित्ने आधार हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.