बझाङ – बझाङमा यार्सा संकलनका क्रममा हिमपहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । सुर्मा गाउँपालिका – १ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहराको बिहीबार धनसेरा भन्ने ठाउँमा राति टेन्टमा सुतिरहेको बेला माथिबाट खसेको हिमपहिरोमा पुरीएको मृत्यु भएको हो ।

उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका बझाङका प्रहरी प्रमुख तथा डिएसपी ज्ञानबहादुर बिष्टले बताए ।


बझाङमास्थानीय तह निर्वाचनपछि स्थानीयहरु घर नै रित्याएर यार्सा संकलनका लागि लेकतर्फ गएका छन ।
















