बझाङका १२ वटै स्थानीय तहका जनप्रतिनिधिले लिए सपथ
रमेश बहादुर सिह/बझाङ – बझाङका नवनिर्वाचित १२ पालिकाका जनप्रतिनिधीहरुले पद तथा गोपनियतको सपथ ग्रहण लिएका छन । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित १२ पालिकाका प्रमुख/अध्यक्षलाई जिल्ला सदरमुकाम चैनपुरमा मुख्य निर्वाचन अधिकृत बिस्नु प्रसाद अबस्थीले सपथ ग्रहण गराएका हुन ।


अन्य उपप्रमुख/उपाध्यक्ष तथा वडाअध्यक्षको सम्बन्धित पालिकाको प्रमुख द्धारा सपथ लिएका छन ।

जयपृथ्वी नगरपालिका, बुगल नगरपालिका, साईपाल गाउँपालिका, खप्तड छाना गाउँपालिका, मस्टा गाउँपालिका तलकोट गाउँपालिका छबिशपाथिभेरा गाउँपालिकाका दुर्गाथली गाउँपालिका, केदारस्यु गाउँपालिका र बिथडचिर गाउँपालिका, सुर्मा गाउँपालिका र थलारा गाउँपालिकाका जनप्रतिनिधीहरुले सपथ दिएको मुख्य निर्बाचन अधिकृतको कार्यालय बझाडले जनाएको छ ।
