खाेज्नुहाेस

थलाराको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस उम्मेदवार निर्वाचित

Image

बझाङ –  बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार प्रकाश रोकाया निर्वाचित भएका छन् ।

navjiwan hospital

एमालेका उम्मेदवार प्रकाश रोकाया दुई हजार ७७४ मत ल्याएर निर्वाचित भए भने दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार कुलराज जोशीले दुई हजार ११२ मत र तेस्रो स्थानमा रहेका एकीकृत समाजवादीका विनोद थापाले एक हजार २०३ मत प्राप्त गरे । यहाँ एकीकृत समाजवादीलाई नेपाली कांग्रेसलगायतका दलको समर्थन थियो ।

godawari nagarpalika dadhelo
attariya hospital

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर खातीले तीन हजार १५० मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका मीरादेवी रावलले दुई हजर ५८७ मत मात्रै प्राप्त गरिन् ।