बझाङका ३ पालिकामा मत गणना सुरु : तिनवटैमा एमालेको सुरुवाती अग्रता

 

बझाङ – बझाङमा तीन पालिकामा मतगणना सुरु भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र मष्टा गाउँपालिकामा मतगणना सुरु भएको हो ।

maya metro hospital

यी तिनै पालिकामा नेकपा एमालेको सुरुवाती अग्रता छ । मष्टा गाउँपालिकामामा ४ सय १ मत गणना हुँदा एमालेका अध्यक्ष उम्मेदवार दीपक रोकायाले २२५ मतका साथ अग्रता बनाएका छन् ।

उनलाई पछ्याइरहेका गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका ज्ञानबहादुर बोहराले १४४ मत पाएका छन् । त्यस्तै, जिल्लाको बित्थडचिर गाउँपालिकामा पनि एमालेले नै अग्रता बनाएको छ ।

attariya hospital

यो पालिकामा ४ सय ८ मत गणना हुँदा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार लोकेन्द्र बोहराले २३१, कांग्रेसका अमर महरले १२६ र नेकपा एकीकृत समाजवादीका जय बोहराले १५ मत प्राप्त गरेका छन् ।

खप्तडछान्ना गाउँपालिकामा पनि एमालेको अग्रता कायममै छ । यहाँ वडा नं. १ मा ४ सय ९४ मतगणना हुँदा एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवार लोकेन्द्र बहादुर सिंहले २ सय ५६, गठबन्धनका साझा उम्मेदवार कांग्रेसका उत्तमकुमार रोकायाले २ सय ३८ मत पाएका छन् ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.