रमेश बहादुर सिह/बझाङ– बझाङ, २५ बैशाख– वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष वातावरणमा सम्पन्न गर्न बझाङ जिल्लाभरी दुई हजार एक सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

निर्वाचन अवधी भर हुनसक्ने सम्भावित गतिविधि नियन्त्रण गर्न जिल्लाका १२ वटै स्थानिय तहमा सुरक्षाकर्मी खटिन लागेका हुन । जिल्ला सुरक्षा समितिको बैठकले निर्वाचन केन्द्रलाई अति संवेदनशील, संवेदनसिल र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी बावुराम अर्यालले बताए ।


‘निर्वाचनलाई शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारेका छौ । निर्वाचन बिथोल्ने खालका गतिविधि भए तत्काल कारबाही गरीनछ’ उनले भने ‘जिल्लाभर ११ सय म्यादी प्रहरी ७ सय नेपाल प्रहरी ३ सय ५० सशत्र प्रहरी र नेपाली सेना परिचालन हुने छन ।’
जिल्लाभर १ सय ८३ मतदानस्थलमध्ये ४० वटालाई अतिसंवेदनशील, ५९ वटालाई संवेदनशील र अन्य मतदानस्थललाई सामान्यमा रुपमा राखेको प्रजिअ अर्यालले जानकारी दिए । बझाङ जिल्लामा कुल मतदातको संख्या १ लाख २२ हजार १ सय ३७ रहेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

















