खाेज्नुहाेस

बझाङमा एक महिलाले गरीन झुन्डिएर आत्महत्या

Image

बझाङ – बझाङमा आफ्नै होटलमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन् ।

navjiwan hospital

जिल्लाको मष्टा गाउँपालिका–२ खिकाला घर भएकी ३४ वर्षीया कमला ओखेडा (कुगै) ले जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित आफ्नै होटेलमा डोरीको पाशो लगाएर शनिबार दिउँसो आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

प्रहरीका अनुसार मृतक ओखेडाले आत्महत्या गरेको कारण नखुलेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको समेत जनाएको छ ।