सुदूरपश्चिमको राजधानी घोषणा भएको पालिका गोदावरीमा चुनावको चटारो दिनानुदिन बढ्दो छ । सबै पार्टीका उम्मेदवारहरु आफुलाई अब्बल सावित गर्न र चुनावमा जित हासिल गर्न रातदिन लागिपरेका छन । गोदावरीमा विभिन्न पार्टीका र स्वतन्त्र गरी नगरप्रमुखमा ९ जनाको उम्मेदवारी परेको छ । ति नौ जना मध्ये एमालेबाट गोकर्ण भट्टको उम्मेदवारी परेको छ । एमालेका नगरअध्यक्ष समेत रहेका भट्ट गत स्थानिय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट नगरप्रमुख पदमा चुनाव लडेका थिए । त्यतिखेर माओवादी केन्द्रबाट चुनाव लडेका उनि अहिले भने एमालेबाट नगर प्रमुखको उम्मेदवार छन । नगरबासीका समस्या समाधानका लागी उनका योजनाहरु कस्ता छन त ? यावत विषयमा अत्तरिया अनलाईनले गरेको कुराकानीको सम्पादित अंश :
१. चुनाव आईसकेको छ, प्रचारप्रसारलाई कसरी अगाडी बढाउनुभएको छ ?

प्रचार प्रसारमा हाम्रा टोलकमिटिहरु छन, वडाकमिटिहरु छन, हाम्रा जनवर्गिय पार्टि संगठनका प्रतिनिधि, पार्टी सदस्यहरु सबै परिचालीत भएका छन । त्यसकारणले हाम्रो हरेक गाउँ टोलमा प्रचार प्रसार घनिभुत तरिकाले भैरहेको छ ।
२. टिकट वितरणका क्रममा एमाले भित्र केही आन्तरिक विवाद आएको थियो, त्यो समाधान भैसकेको हो ?
त्यस्तो विवाद त केही थिएन, पार्टी भित्र आकांक्षी धेरै हुनु, टिकटका लागी अवसर खोज्नु सामान्य कुरा हो, त्यस्तो केही विवाद छैन । पार्टीका सबै नेताहरु प्रचार प्रसारमा लागेका छन ।
३. गोदावरीमा तपाईको प्रतिष्पर्धिका रुपमा गठबन्धनको टिम छ, कत्तिको सहज छ, चुनाव जित्न ?
मलाई त्यो गठबन्धन जुन उहाँहरुले गर्नुभएको छ, त्यो गठबन्धनले झन सहज भएको छ । जनता गठबन्धनको विरुद्धमा छन, जनता परमादेशको सरकारले जुन व्यवहार गरेको छ, जुन कार्यशैली छ, त्यसप्रति एकदमै असन्तुष्ट छन । त्यसकारणले हामीलाई निर्वाचन जित्न एकदमै सहज छ । जहाँ गयो त्यही जनताको जनसर्मथन छ, जनलहर उर्लेको छ, । नेकपा एमालेप्रति यती आर्कषण छ की, अब केही गर्छ भने नेकपा एमालेले गर्छ भन्ने चाँही छ, त्यसैले चुनाव चाँही हामी सहज तरिकाले विजय उन्मुख छौ ।
४. जनताको घरदैलोमा जाँदा जनताका समस्याहरु के के देख्नुभएको छ ?
अहिले जनताको विचमा जाँदा आधारभुत रुपमा शिक्षाका कुराहरु छन, स्वास्थ्यका कुराहरु छन, खानेपानीका कुराहरु छन, ढल निकाशका, यस्तै यस्तै विकाश निर्माणसँग जोडिएका जनताका विकाशका जुन चाहना छन, समृद्धिका कुराहरु छन त्यस्तै समस्याहरु मैले देखेको छु । समग्रमा जनताले उठान गर्ने कुराहरु पनि त्यही नै हुन ।

५. गत स्थानिय तहको निर्वाचनमा पनि नगरपालिकामा एमालेले जित हासिल गरेको थियो । अहिले तपाई उम्मेदवार हुनुहुन्छ । पहिले र अहिलेको अवस्थामा के फरक पाउनुभएको छ ?
गत निर्वाचनमा नेकपा एमाले विजयी भएको थियो भने म अर्काे पार्टीबाट उम्मेदवार थिए । त्यसकारण त्यतिखेर तेस्रो नम्बरमा थिए । अहिले के छ त भन्दा हामी पार्टी एकता प्रकृयामा नेकपा एमालेमा आईसकेपछि हाम्रो संगठन मजबुत बनेको छ । मतको संख्या आधार जोड्ने हो भने त्यो दुई वटा पार्टीको आधार जोड्ने हो भने हामी धेरै अगाडी छौ । त्यसकारणले हाम्रो अहिलेको विजय यात्रा कसैले रोकेर रोकिनेवाला छैन ।
६. तपाईका मुख्य एजेण्डाहरु बताईदिनुस न छोटकरीमा ।
मेरो पहिलो एजेण्डा भनेको राजनितिलाई मैले पेशा बनाउने छैन, राजनितिलाई मैले सेवा बनाउने छु । यो विशुद्ध सेवा हो । व्यक्तिगत फाईदाका लागी, आफ्नो आयस्रोत बढाउनका लागी हैन की जनताको सेवा गर्नका लागी हो । त्यसकारण मैले के भन्या छु भने, मैले राज्यबाट पाउने सेवा सुविधाहरु जुन छन, त्यो मैले लिने छैन । निमुखा जो अति विपन्न छन, तिनका बालबालीकाको शिक्षा र स्वास्थ्यमा उक्त रकम खर्च गर्ने र सो खर्चको पनि फाटँबारी सार्वजनिक गर्ने छु ।
अर्काे चाँही अति विपन्न परिवारहरु जो छन, उहाँहरुलाई हामी हाम्रा विशेष चाँडाबाडहरु छन, त्यसमा एक छाक मिठो खानका लागी अति विपन्न अभिलेख राखेर उहाँहरुलाई चाँडबाड खर्च दिने, तथा अति विपन्न सुत्केरी महिलाहरुलाई तिन महिनासम्म पोषण युक्त भोजनको व्यवस्था गर्नेछु । त्यतिमात्रै नभई यो शहरलाई आधुनिकीकरण गर्नका लागी, शहरलाई व्यवस्थीत बनाउनका लागी मैले सक्दो सम्भव भएका ठाउँमा सिसि क्यामेराको जडान गर्ने, धार्मिक पर्यटकिय क्षेत्र गोदावरी, नायल ताल लगायतको विकाशका लागी चाँही विशेष पहल गर्ने र शिक्षा स्वास्थ्य, रोजगारका सवालमा रोजगारमुलक शिक्षाको व्यवस्था गर्ने तथा अहिले रहेका स्वास्थ्य केन्द्रहरुलाई आधुनिकिकरण गर्ने लगायतका छन ।
त्यसका साथै युवाहरु बाहिर जान नपरोस भन्नका लागी हामीले घोषणा पत्रमै के भनेका छौ भने, ‘एउटा पालिका एउटा औधोगिक ग्राम’ भनेका छौ । त्यसकारण बेरोजगार युवाहरुलाई रोजगारी दिनका लागी औधोगिक ग्रामको स्थाना गर्ने पनि हामीले भनेका छौ । यिनै कुराहरु, यिनै मुद्धाहरुलाई लिएर म चुनावमा छु । यीनै मेरा चुनावी एजेण्डाहरु हुन । शैक्षिक बेरोजगार युवाहरुको छिट्टै अभिलेख तयार गरेर रोजगार दिने तर्फपनि मैले अगाडी बढ्ने प्रतिबद्धता गर्न चाहन्छु । विशेष अझ भन्ने हो भने आधारभुत रुपमा सधै राज्यबाट पछाडी पारिएको, सधै हेपिएको, सधै थिचिएको वर्गलाई माथी उठाउने मेरो एजेण्डा हो ।
७. छाडा चौपाया र भ्रष्ट्राचारको अन्त्यका लागी तपाईले कस्तो योजना बनाउनु भएको छ ?
हामीले हाम्रो घोषणा पत्रमा पनि ‘एक वडा एक गौशाला’ भनेका छौ । छाडा पशु चौपाया जुन छ, त्यसको नियन्त्रणका लागी ‘एक वडा एक गौशाला’ भनेर हामीले चाँही यसलाई व्यवस्थीत ढंगले नियन्त्रण गर्छौ । गोदावरीमा अब छाडा चौपायाको समस्या हुने छैन । अर्काे भ्रष्ट्राचारको कुरामा मैले के भन्या छु भने म भ्रष्ट्राचार गर्ने पनि छैन र म गर्न पनि दिने छैन । त्यतिमात्रै नभई मैले भ्रष्ट्राचार शुन्य र सुशासन कायम गर्नेछु ।
भिडियो

















