रमेश बहादुर सिह/बझाङ – बझाङमा सत्तारुढ गठबन्धनका ३ वटा दलले १२ वटै स्थानीय तहको भागबण्डा मिलाएका छन । सत्तारुढ गठबन्धनका ३ दल बिचको छलफलपछि भागबण्डाको टुङ्गो लागेको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी दलले जिल्लाका २ नगरपालिका र १० गाउँपालिकामा भागबण्डा मिलाएका छन ।



जसअनुसार नेपाली कांग्रेसको भागमा दुई नगरपालिका सहित ५ गाउँपालिका परेका छन् । जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचिर गाउँपालिका र सुर्मा गाउँपालिका कांग्रेसले पाएको छ ।
त्यस्तै एकिकृत समाजवादीले तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका, थलारा गाउँपालिका पाएको छ ।माओवादी के्रन्द्रले दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका पाएको छ ।
यस्तै उपप्रमुखमा नेपाली कांगेसले ६, समाजबादी २ र माओवादी केन्दले ४ उपप्रमुख पाएको छ ।



















