खाेज्नुहाेस

विकट साइपाल सहज बन्दै

Image
navjiwan hospital

रमेश बहादुर सिह/बझाङ – बझाङको सबै भन्दा विकट क्षेत्रमा साइपाल गाउँपालिका पर्छ । सदरमुकाम चैनपुरबाट ३ दिनको पैदल यात्रा पछि मात्र साइपाल पुग्न सकिन्छ । गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यमा पछाडि परेको यस गाउँपालिकामा स्थानीय सरकार आएपछि भने यस क्षेत्रका जनताको राज्यका निकाय संगको पहुच बढेको छ । जसका कारण सो जनताले सहजता महशुस गरेका छन ।

हरेक बर्ष हिउँदमा साइपाल गाउँपालिकाले खाद्यन्नको संकट हुन्छ । उनीहरुको यो समस्या राज्यका निकाय सम्म पुगाउन गाह्रो हुने गरेकोमा स्थानीय सरकार आएपछि भने सहजता भएको छ । अहिले साईपालबासीले खाध्यान्न लगायतका आफ्ना समस्या गाउँपालिकामा राख्छन र, गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले खाद्यान्नको जोहो गर्नका लागि पहल गर्ने गरेका छन । जसले गर्दा स्थानीय बासिहरूलाई पहिलाको भन्दा सहज भएको छ ।

स्थानीय सरकार बनेपछि अन्य विकासका पुर्वाधारमा पनि केही काम भएका छन । गाउँपालिका अध्यक्षमा धामी आएपछि बिभिन्न वडामा सामुदायिक स्वास्थ्य केन्द्र देखि विद्यालय खानेपानी जस्तो विकासका काम पनि अगाडी बढेका छन ।

गाउँपालिकामा असअघि संचार सम्पर्क गर्न पनि २ दिन हिड्नु पर्ने बाध्यता थियो । अहिले स्थानीय सरकारकै समन्वयमा नेपाल टेलिकमको टावर स्थापना भएपछि सहजता भएको छ ।

हालसम्म पनि पालिकामा बैंक नहुँदा भने समस्या भएको गाउँपालिका अध्यक्ष धामीले बताएका छन ।

‘सरकारले गाउँगाउँमा सिंहदरबारको अवधारणा ल्याएको छ । तर, गाउँपालिकाकामा आवश्यक पर्ने सोत र साधन नभएकाले हामिले बिभिन्न आर्थिक कारोबार सदरमुकामबाट गर्ने गरेका छौ’ उनले भने ‘पालिकामा बैङ्क नहुँदा सबै योजनाको काम सदरमुकामबाट नै दिनुपर्ने बाधता रहेको छ ।’ उनले चुनावमा गरेका घोषणा अनुसार आफूले काम गरिरहेको दावी गरेका छन ।

‘साइपाल गाउँपालिकालाई सडक सञ्जालसँग जोड्ने, विद्युत्, इन्टरनेट, स्वास्थ्य र शिक्षाका योजना अगाडि बढाउने, वित्तीय अवस्थालाई सुधार गर्ने लगायतका घोषणा गरेको थिए’ उनले भने ‘घोषणा अनुसार काम भइरहेका छन । १÷२ काम बाँकी होलान त्यो पनि छिटै पुरा हुन्छन ।’

स्थानीय तहको पाँचवर्षे कार्यकालमा साइपाल गाउँपालिकाले बिभिन्न ठाउँमा पुल विद्युत, स्वास्थका भवन विद्यालय लगायतका काम गरेको छ । तर, गाउँपालिकाले आफ्नै भवन भने बनाउन सकेको छैन ।

जसका कारण गाउँपालिकाले अहिले मासिक २० हजार भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको छ । यद्दपी हाल गाउँपाकिका भवन निर्माणको काम भने सुरु भइसकेको छ । जसका लागि २० लाखको भवन निर्माण गर्न ठेक्का सम्झौता भइसकेको गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष धामीले गाउँपालिकालाई सडक सञ्जालमा जोड्नको लागि प्रदेश सरकार र केन्द सरकार संग समन्वय गरिरहेको बताएका छन । गाउँपालिका जिल्लाको सबैभन्दा दुर्गम पालिका भएका कारण यस क्षेत्रमा विकास गर्न भने केही समय लाग्ने अध्यक्ष धामीको बुझाई छ ।